LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
DCIM100GOPROGOPR0246.JPG

सिर्जनशील संस्था (सिन) नेपाल तिलोत्तमा ९ मंगलापुर रुपन्देहीको आयोजनामा सैनामैनाको सालझण्डीमा फ्रिडम किट बितरण तथा महिनावारी स्वच्छता, व्यवस्थापन र जोखिमपूर्ण अभ्यास सुधार सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ ।

तालिममा बोल्दै सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले महिनावारी नियमित प्रकृया भएको बताउँदै हाम्रो समाजले भाषणमा जति नै कुरा गरेपनि व्यवहारमा परिवर्तन ल्याउन नसकेको बताउनु भयो । उहाँले महिनावारी हुँदा अझैपनि सात दिनसम्मै बार्ने परम्परा रहेको बताउँदै यसमा सुधार आउन नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले बाहिरबाट खरिद गरिएको प्याडभन्दा सिर्जनशील संस्थाको प्याड धेरै गुणा स्वस्थकर र प्रभावकारी रहेको कुरा उल्लेख गरिएको बताउँदै महिनावारी र सुरक्षित प्याडका बिषयमा समाजका महिला दिदी बहिनीलाई बुझाउनु पर्नेमा जोड दिनुभयो । उहाँले तालिमबाट सिकेको कुरा घरमा समेत व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा आयोजक सिर्जनशील संस्थाकी संस्थापक अध्यक्ष प्रतिमा शर्माले आफूहरुले बनाएको महिनावारी प्याड बजारको प्याड भन्दा धेरै गुणा सुरक्षित, बाताबरणमैत्री, स्वस्थ्यकर र प्रदुषणरहित रहेको बताउनु भयो । उहाँले प्याड धोएर धेरैपटक प्रयोग गर्न सकिने भएकोले बाहिर फोहर नहुने र महिलाहरुका लागि किफायती रहेको उल्लेख गर्नुभयो ।

DCIM100GOPROGOPR0230.JPG

महिनावारी स्वच्छता, व्यवस्थापन र जोखिमपूर्ण अभ्यास सुधार सम्वन्धि एक दिने तालिमको प्रशिक्षण सिनकी संस्थापक अध्यक्ष प्रतिमा शर्मा र सविना पोखरेलले गर्नुभएको थियो । गल्र्स इन पावरमेण्टको समन्वयमा तालिम भएको हो । तालिमको संचालन गल्र्स इन पावरमेण्टकी अध्यक्ष सुप्रिया घिमिरेले गर्नुभएको थियो । तालिममा सैनामैना नगरपालिकाकी निवर्तमान कार्यपालिका सदस्य कल्पना कुँवरले पनि बोल्नुभएको थियो । सो अवसरमा ११० जना महिलाहरुलाई फ्रिडम किट प्याड वितरण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय