LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ४२ जना नारीहरुलाई सम्मान गरेको छ । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ मनाउन लागिएको नारी दिवसको अवसरमा विद्यालयमा पढ्ने आमा विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

३० देखि ६० बर्ष उमेर समूहका आमाहरुले पढ्ने उक्त विद्यालयमा आयोजित सम्मान कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पढाईसंगै सिकाईका कुरा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै गोरखनाथ सामुदायिक सिकाई केन्द्रले महिलाहरुलाई विभिन्न सिपमूलक तालिम दिएर सिकाईमा अब्बल वनाउन सुझाव दिनुभयो ।

त्यसैगरी सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सैनामैना नगरपालिकाले धेरै पहिलेदेखि नै महिला दिदी बहिनीहरुलाई सम्मान गर्दै आएको बताउनु भयो । उहाँले सिकाई केन्द्रलाई छिटै नै बसको व्यवस्था गरिदिने आश्वासन दिनुभएको छ । पहिला इरिक्सा चलाउने महिला, घर बनाउने काम गर्ने महिलाहरुलाई सम्मान गरेपछि महिलाहरुमा केही काम गर्नुपर्छ भन्ने उत्साह थपिएको बताउनु भयो ।

गोरखनाथ सिकाई केन्द्रकी अध्यक्ष लता खडका खत्रीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सैनामैना वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थ, सिकाई केन्द्रकी व्यवस्थापन समिति सदस्य तथा कार्यपालिका सदस्य माया बिक र कान्तिपुर मण्टेश्वरीकी सलिना भण्डारी लगायतले नारी दिवसको अवसरमा सिकाई केन्द्रले सम्मान गरेकोमा सम्मानित भएका महिलाहरुमा उत्साह थपिएको र आगामी दिनमा अझै सिर्जनशील काम गर्न सहयोग पुगोस भन्ने शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय