LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना दलित उत्थान समिति रुपन्देहीको तेश्रो साधारण सभा तथा दोश्रो नगर अधिवेशनले अधिवेशनले जयलाल बिकको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा समुन्द्र भित्रकोटी, महिला उपाध्यक्षमा सिता दर्नाल, महासचिव माया रसाईली, सचिव कमला सुनार र कोषाध्यक्ष मित्रकुमार बुढाप्रिथी लगायत सदस्यहरु निर्वाचित हुनुभएको हो ।

सैनामैना दलित उत्थान समिति रुपन्देही अध्यक्ष अम्बिका परियारको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष परियारले दलितमाथिको विभेद अझै रहेको बताउँदै दलितमाथि विभेद हट्यो भनेपनि त्यो व्यवहारमा नदेखिएको बताउनु भयो । उहाँले दलितमाथि धेरै चुनौति रहेको बताउदै दलित समुदाय मिलेरै अघि बढेर चुनौति पार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रमको अवसरमा दलित उत्थान समितिका उपाध्यक्ष जयलाल बिकले समाजबाट अझैपनि छुवाछुत समाप्त नभएको बताउँदै दलितमाथि हुने विभेद अन्त्यका लागि दलित उत्थान समिति लागिरहने प्रतिवद्धता जनाउनु भयो । समितिको तेश्रो साधारण सभा तथा दोश्रो नगर अधिवेशन सैनामैना ६ मेघा तालमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय