११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सैनामैना नगरपालिकाको सभाहलमा सकारात्मक सोच सम्वन्धि एक दिने नगरस्तरीय प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले महिला भएकै कारण महिलामाथि हुने शोषण, उत्पीडन, ज्यालामा विभेद, अमानवीय व्यवहार लगायत समस्या अन्त्य हुनुपर्ने बताउनु भयो ।
उहाँले महिलाहरुमा सकारात्मक सोच जागृत भयो भने परिवारमात्रै होईन समाज नै परिवर्तन गर्न सक्छन भन्नुभयो । कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले २१ औं शताब्दीमा पनि महिलाहरु अझै अधिकारकै लागि संघर्ष गर्नु परिरहेको बताउँदै घरबाटै सुरु हुने विभेद अन्त्यमा सवैको सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सकारात्मक सोच सम्वन्धि यस प्रकारका तालिमले महिला पुरुष सवैमा जागरण सिर्जना हुने उल्लेख गर्नुभयो ।




DCIM100GOPROGOPR0264.JPG
सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवलाल अर्याल, ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालयकी मुर्गिया शाखा प्रमुख दर्शनी दिदी, प्रशिक्षक ऋषि न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुलसी ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा सैनामैनामा एकसय ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।




