LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन विहिवार उदघाटन भएको छ । प्रशासनिक भवनको एक समारोहका बीच उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरवारको अधिकार गाउँसम्म आएको कुरा बताउँदै वडा नंं ९ को प्रशासनिक भवनबाट सेवाग्राहीलाई सेवा दिन अझै सहज हुने बताउनु भयो । उहाँले जनताले नै आफूहरुलाई निर्वाचित गरेर पठाएकोले सेवाग्राहीको सेवा र सुविधालाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहमति र सहकार्यको आधारमा काम गरियो भने हामीले धेरै काम गर्न सक्छौ भन्दै साना साना काममात्रै होइन ठूलो काम पनि सजिलो गर्न सक्छौ भन्नुभयो ।
त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानु पाण्डेले वडा कार्यालयको प्रशासनिक भवनको जग्गा निशुल्क दिने कुराको प्रसंग स्मरण गर्दै पैसा धेरैसंग हुन्छ, अर्बपतिसंगै पैसासंगै जग्गा पनि हुन्छ तर पैसा र जग्गा भएरमात्रै हुँदैन मन पनि हुनुपर्छ भन्नुभयो ।

उहाँले त्यही जग्गा दान गर्ने मन भएकै कारण स्थानीय शालिग्राम घिमिरे र थानेश्वर पाण्डेले वडा कार्यालय र आधारभूत स्वास्थ्य कार्यालय बनाउन साढे तिन कट्ठा जग्गा दिनुभएको बताउँदै त्यही जग्गामा अहिले वडा कार्यालय बनेको बताउनु भयो ।


वडा भवनको शिलान्यास गत बर्ष माघ १२ गते भएको थियो । करिव १ करोड ५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
सैनामैना वडा न. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले वडा नं. ९ काअध्यक्ष तथा निर्वतमान वडा अध्यक्ष डोलराज भण्डारी, नेपाली कांग्रेश वडा नं. ९ का सभापति ईश्वरी तिवारी, नेकपा माओवादी जिल्ला सल्लाहकार तिलक नेपाली , राष्टिय प्रजातन्त्र पाटी प्रतिनिधि सागर लम्साल, जनचेतना माध्यमिक बिद्यालयका अध्यक्ष धर्मराज आत्रेय लगायतले बोल्नु भएको थियो । कार्यक्रम वडा सदस्य तुल्सी प्रसाद रिजाल को स्वागत र वडा सचिब कपिल पौडेलले सञ्चालन गर्नुभएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय