LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

महाशिवरात्रीको अवसरमा शुक्रवार बिहानैदेखि देशभरका शिवालय तथा शिवपार्वती मन्दिरहरुमा भक्तजनको घुँइचो लागेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम, बुटवल पाल्पा सिमानामा रहेको सिद्धबाबा मन्दिर, कपिलवस्तुको तौलेश्वर मन्दिरमा पूजा गर्ने तथा जल चढाउने भक्तजनको शुक्रबार विहानैदेखि भीड लागेको थियो ।

यसैगरी काठमाण्डौंको पशुपति मन्दिरमा पनि विहानैदेखि भक्तजन तथा दर्शनार्थीको भीड लागेको थियो । सैनामैना ११ को सिद्धबाबा मन्दिर, त्रिपुरेश्वर मन्दिर, सैनामैना १० को शिवालय मन्दिर, सैनामैना ६ कलौनीका कालमोचन शिबालय मन्दिरमा पनि भक्तजनहरुको विहानैदेखि भीड लागेको छ । शिवालयहरूमा बिहीबार रातिदेखि नै काठ तथा दाउरा बालेर जाग्राम बस्ने प्रचलनसमेत रहेको छ । मन्दिरमा पुगेका भक्तजनलाई शिवालयका पुजारीले शिवजीको प्रसाद वितरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय