LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

महाशिवरात्रीको अवसरमा शुक्रवार बिहानैदेखि देशभरका शिवालय तथा शिवपार्वती मन्दिरहरुमा भक्तजनको घुँइचो लागेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम, बुटवल पाल्पा सिमानामा रहेको सिद्धबाबा मन्दिर, कपिलवस्तुको तौलेश्वर मन्दिरमा पूजा गर्ने तथा जल चढाउने भक्तजनको शुक्रबार विहानैदेखि भीड लागेको थियो ।

यसैगरी काठमाण्डौंको पशुपति मन्दिरमा पनि विहानैदेखि भक्तजन तथा दर्शनार्थीको भीड लागेको थियो । सैनामैना ११ को सिद्धबाबा मन्दिर, त्रिपुरेश्वर मन्दिर, सैनामैना १० को शिवालय मन्दिर, सैनामैना ६ कलौनीका कालमोचन शिबालय मन्दिरमा पनि भक्तजनहरुको विहानैदेखि भीड लागेको छ । शिवालयहरूमा बिहीबार रातिदेखि नै काठ तथा दाउरा बालेर जाग्राम बस्ने प्रचलनसमेत रहेको छ । मन्दिरमा पुगेका भक्तजनलाई शिवालयका पुजारीले शिवजीको प्रसाद वितरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय