गुल्मीको सत्यवती गाउँपालिका वडा नंं ५ भगवती मन्दिर कुँडुले खैरेनीमा भैरहेको संगीतमय श्रीमदभागवत सप्ताह शनिवार समापन हुने भएको छ ।
सप्ताहको छैठौं दिनको अवसरमा शुक्रवार आयोजित सप्ताह कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली उपस्थित भएर सप्ताहको गरिमा बृद्धिमा सहयोग पु¥याउनु भएको छ ।
त्यस अवसरमा बोल्दै पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले महाशिवरात्रीको महत्वपूर्ण दिनमा श्रीमदभागवत सप्ताहमा उपस्थित हुन पाएकोमा खुसी प्रकट गर्दै शिब भगवान योगका आदिगुरु, संगीतका आदिगुरु मानिनुहुन्छ र आजपनि शिव र हाम्रो जीवनमा धेरै कुरा सान्दर्भिक छ भन्नुभयो ।



उहाँले हामीले शिवदर्शनबाट बहुलता, सहअस्तीत्वको, एकअर्काप्रति सम्मानको दर्शन नै शिबको दर्शन र सन्देश हो भन्दै त्यो आजको दिनमा पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छ भन्नुभयो । फागुन १९ देखि सुरु भएको श्रीमदभागवत सप्ताह फागुन २६ गतेसम्म संचालन हुनेछ । हेमन्त बंश ४५ ज्ञवाली परिवारको आयोजनामा सप्ताह भैरहेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य चिन्तामणि पाण्डे र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कमल भुसाल, सत्यवती गाउँपालिकाका पूर्व अध्यक्ष पारेश्वर ढकाल र चन्द्रकोट गाउँपालिकाका पूर्व उपाध्यक्ष राधिका अर्यालको समेत समेत उपस्थिति रहेको थियो । सप्ताहव्यापी श्रीमदभागवतमा ब्यासाचार्य पवननन्दन ज्ञवालीले कथाबाचन गर्नुभएको छ । कार्यक्रमको संचालन पण्डित विष्णु ज्ञवालीले गर्नुभएको थियो ।




