LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रम्भादेवी ग्रुप अफ अर्गानाईजेसनबाट सञ्चालित बुटवल १२ तामनगरस्थित न्यू भिजन सेकेण्डरी स्कुलमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्याब्सनका प्रदेश अध्यक्ष लालहरि पाण्डेले उदघाटन गर्दै शैक्षिक रुपमा लुम्बिनी उत्कृष्ट हासिल गर्न यहाँका निजि संस्थाहरुको योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा स्कुलका अध्यक्ष सुर्य बहादुर भट्टराई, प्रबन्ध निर्देशक मनोज बस्नेत, रम्भादेवि टेक्निकलका प्राचार्य मनोज काफ्ले, विद्यालयका प्राचार्य केशव श्रीस, वडा नं १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, समाजसेवी उदयराज काफ्ले, हिरा तरामु, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा र विद्यालयका सहप्राचार्य कमल खनालले २०७८ सालको परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ग्रुपका अध्यक्ष सुर्यबहादुर भट्टराईले समुदायको माग अनुसार समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको बताउनुभयो ।
कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले समुदायमा युवाहरुलाई किताबी ज्ञानभन्दा प्राविधिक शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न आफुहरु सफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय