LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रम्भादेवी ग्रुप अफ अर्गानाईजेसनबाट सञ्चालित बुटवल १२ तामनगरस्थित न्यू भिजन सेकेण्डरी स्कुलमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्याब्सनका प्रदेश अध्यक्ष लालहरि पाण्डेले उदघाटन गर्दै शैक्षिक रुपमा लुम्बिनी उत्कृष्ट हासिल गर्न यहाँका निजि संस्थाहरुको योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा स्कुलका अध्यक्ष सुर्य बहादुर भट्टराई, प्रबन्ध निर्देशक मनोज बस्नेत, रम्भादेवि टेक्निकलका प्राचार्य मनोज काफ्ले, विद्यालयका प्राचार्य केशव श्रीस, वडा नं १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, समाजसेवी उदयराज काफ्ले, हिरा तरामु, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा र विद्यालयका सहप्राचार्य कमल खनालले २०७८ सालको परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ग्रुपका अध्यक्ष सुर्यबहादुर भट्टराईले समुदायको माग अनुसार समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको बताउनुभयो ।
कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले समुदायमा युवाहरुलाई किताबी ज्ञानभन्दा प्राविधिक शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न आफुहरु सफल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय