LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिका र काभे्रपलाञ्चोकको तेमाल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका बीच आईतबार अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मौसमी थापा मगरको अध्यक्षतामा कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर र प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेल लगायतको टिमको सहभागीता थियो ।

त्यसैगरी कञ्चनको तर्फबाट उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, वडा अध्यक्षहरु लगायत दुबै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले रुपन्देहीको कञ्चन गाउँपालिकाका जनप्रतिनिधिले डेढ बर्षको बीचमै धेरै काम गरेको र त्यसबाट आफूहरु प्रभावित भएको बताउँदै कञ्चनको राम्रो कामको अनुसरण आफूहरुले पनि गर्ने बताउनु भयो ।

त्यसैगरि कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कञ्चन गाउँपालिकाले गरेका कामहरुको बिषयमा जानकारी दिनुभयो । उहाँले १० लाखमाथिका योजना इबिडिङमार्फत गर्दै आएको र १० लाखभन्दा कमका योजना उपभोक्ता समितिमार्फत गर्दै आएको अवगत गराउनु भयो ।

समयमै योजना सम्पन्न गर्न पालिकाले वडा वडामै घुम्ति शिबिर आयोजना गरि उपभोक्ता समितिहरुलाई वडाबाटै निर्माणको जिम्मेबारी दिएको उहाँले बताउनु भयो ।

त्यस अवसरमा दुवै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका बीचमा न्यायिक समितिको अवस्थाका बिषयमा छलफल हुनुका साथै कञ्चन र तेमाल गाउँपालिकाले हालसम्म गरेका प्रगति विवरण, वित्तिय सुशासन तथा न्यायिक समितिले गरेका कामको बिषयमा समिक्षाका साथै छलफल समेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय