LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिका र काभे्रपलाञ्चोकको तेमाल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका बीच आईतबार अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मौसमी थापा मगरको अध्यक्षतामा कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर र प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेल लगायतको टिमको सहभागीता थियो ।

त्यसैगरी कञ्चनको तर्फबाट उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, वडा अध्यक्षहरु लगायत दुबै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले रुपन्देहीको कञ्चन गाउँपालिकाका जनप्रतिनिधिले डेढ बर्षको बीचमै धेरै काम गरेको र त्यसबाट आफूहरु प्रभावित भएको बताउँदै कञ्चनको राम्रो कामको अनुसरण आफूहरुले पनि गर्ने बताउनु भयो ।

त्यसैगरि कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कञ्चन गाउँपालिकाले गरेका कामहरुको बिषयमा जानकारी दिनुभयो । उहाँले १० लाखमाथिका योजना इबिडिङमार्फत गर्दै आएको र १० लाखभन्दा कमका योजना उपभोक्ता समितिमार्फत गर्दै आएको अवगत गराउनु भयो ।

समयमै योजना सम्पन्न गर्न पालिकाले वडा वडामै घुम्ति शिबिर आयोजना गरि उपभोक्ता समितिहरुलाई वडाबाटै निर्माणको जिम्मेबारी दिएको उहाँले बताउनु भयो ।

त्यस अवसरमा दुवै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका बीचमा न्यायिक समितिको अवस्थाका बिषयमा छलफल हुनुका साथै कञ्चन र तेमाल गाउँपालिकाले हालसम्म गरेका प्रगति विवरण, वित्तिय सुशासन तथा न्यायिक समितिले गरेका कामको बिषयमा समिक्षाका साथै छलफल समेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय