रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा शुक्रबारदेखि शैक्षिक सत्र २०८० को पालिकास्तरिय आधारभुत तह परीक्षा शुरु भएको छ । सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासेका अनुसार सैनामैनामा भैरहेको परीक्षामा १६ सय परिक्षार्थी सहभागी रहेका छन । सैनामैनामा १५ संस्थागत विद्यालय र १६ वटा सामुदायिक बिद्यालयमा परिक्षा भैरहेको छ ।
यसैगरी कञ्चनका सामुदायिक र संस्थागत गरी ३० बिद्यालयका ५ वटा परीक्षा केन्द्रहरुमा ९ सय ९४ जना बिधार्थीहरुले शुक्रवारदेखि परिक्षामा सहभागिता जनाएका छन । यस बर्ष आधारभुत तह परीक्षा उत्तिर्ण परीक्षालाई ब्यबस्थित र मर्यादित बनाउन पालिका स्तरिय परीक्षा संचालन समिति मार्फत परीक्षा संचालन गरिएको कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भुसालले जानकारी दिनु भएको छ ।



प्रश्न पत्रहरुको गोपनियता र सुरक्षित बनाउन सम्पुर्ण प्रश्न पत्रहरुलाई सुरक्षा प्रशासनको रोहवरमा परीक्षा केन्द्रहरुमा पुयाउने उत्तर पुस्तिकाहरु पनि परीक्षा समितिका प्रतिनीधि र सम्बन्धित परीक्षाका केन्द्राध्यक्षहरुले सुरक्षा प्रशासनमा संकलन गरिने परीक्षा संचालन समितिका संयोजक तथा शिक्षा अधिकृत रमेश भुसालले जानकारी दिनुभएको छ । यसैगरी कञ्चनमा बाल कक्षादेखि ७ र ९ को बार्षिक परीक्षा समेत शुक्रबारदेखि संचालन भइरहेको छ ।




