रुपन्देहीको सैनामैना–१ रानीवगैचामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । विद्यालयमा निर्माण हुने भवनको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता लिला गिरीले शिलान्यास गर्नुभयो ।
भवन शिलन्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी पूर्व मुख्यमन्त्री लिला गिरीले विद्यालय भन्ने वित्तिकै विद्यार्थीको पढाइका कुरा हुने र पढाइ पनि स्तरीय पढाइ हुने भन्दै समय अनुसारको प्राविधिक शिक्षा र आवश्यकता अनुसारका जनशक्ति तयार गर्ने विषय पनि जोडिने बताउनु भयो । उहाँले पछिल्लो समय निजी क्षेत्रका शैक्षिक संस्था धेरै अघि रहेकोर सामुदायिक विद्यालयको पढाइको स्तर कमजोर भएको टिका टिप्पणी भैरहेको बताउँदै पछिल्लोसमय सामुदायिक विद्यालयले समेत प्रगती गर्दै गएको र पर्रोहा परमेश्वर माध्यमिक विद्यालय पनि उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको बताउनुभयो ।



विद्यालयको नौ कोठे भवन करिव एक करोड रुपियाँको लागतमा निर्माण हुन लागेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले जानकारी गराउनु भयो ।
निर्माण समितिमार्फत भवन निर्माण हुन लागेको र २०८१ जेठ मसान्त सम्म भवन निमार्ण कार्य सम्पन्न हुने बिद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताउनु भयो । टिकाबहादुर थापाको संयोजकत्वमा भवन निर्माण समिति बनेको बिद्यालयले जनाएको छ ।




