LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

साझा टेलिभिजन एचडीको आयोजनामा जनतासंग जनप्रतिनिधि कार्यक्रम शुक्रबार सैनामैना नगरपालिकाको वडा नंं १० को सभाहलमा सम्पन्न भएको छ । जनतासंग जनप्रतिनिधि कार्यक्रममा स्थानीय वडाबासीले जनताले नगरमा भैरहेका विकास निर्माणका कामप्रति बढी चासो र चिन्ता ब्यक्त गरेका थिए । त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, बिजुली, खेलकुद, फोहरमैला, चौपाया समस्या लगायतका क्षेत्रमा भैरहेको कामप्रति चासो र चिन्ता ब्यक्त गर्दै प्रश्न गरेका थिए ।

जनताले सोधेका प्रश्नहरुको जवाफ दिदै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जनताले सैनामैनाको विकास निर्माणका कामप्रति गरेको चासो र चिन्ता स्वाभाविक भएको बताउँदै नगरपालिकाले पनि जनताकै सेवालाई ध्यानमा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले सैनामैनाका जनप्रतिनिधिहरुले गरिरहेको काममा कमी कमजोरी भए सुक्ष्मरुपमा केलाएर बाहिर निकाल्न पत्रकारहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सैनामैना नगरपालिकाको कूल बजेटमध्ये वडा कार्यालयलाई ६० प्रतिशत र नगरपालिकामा ४० प्रतिशत बजेट बिनियोजन गरिएको बताउँदै नगर प्रमुख र उपप्रमुखलाई भनेर अलग्गै बजेट विनियोजन नगरिएको बताउनु भयो । उहाँले आफ्नो हातमा नगरको गत बर्ष २५ र यो बर्ष १८ लाख बजेट रहेको उल्लेख गर्दै त्यसैबाट महिलासंग उपप्रमुख कार्यक्रम संचालन भैरहेको बताउनु भयो । सो कार्यक्रममार्फत महिलाहरुलाई विभिन्न सिपमूलक र सचेतनामूलक तालिम संचालन गरि महिलाहरुलाई स्वरोजगार र जागरुक बनाउन सहयोग पुगेको बताउनु भयो ।

त्यसैगरी सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले भ्रष्टाचाररहित नगर बनाउन तपाई हामी सवैको पहल आवश्यक रहेको बताउनु भयो । उहाँले सालझण्डीमा नवनिर्मित हाटबजार सञ्चालन गर्न पहल गरिएको बताउँदै आगामी बर्षदेखि नगरले नगरेपनि वडाले विभिन्न संघ संस्थासंग सहकार्य गरेर संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

सैनामैना नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको संचालन साझा टेलिभिजनका प्रवन्ध निर्देशक भुवन जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय