LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

साझा टेलिभिजन एचडीको आयोजनामा जनतासंग जनप्रतिनिधि कार्यक्रम शुक्रबार सैनामैना नगरपालिकाको वडा नंं १० को सभाहलमा सम्पन्न भएको छ । जनतासंग जनप्रतिनिधि कार्यक्रममा स्थानीय वडाबासीले जनताले नगरमा भैरहेका विकास निर्माणका कामप्रति बढी चासो र चिन्ता ब्यक्त गरेका थिए । त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, बिजुली, खेलकुद, फोहरमैला, चौपाया समस्या लगायतका क्षेत्रमा भैरहेको कामप्रति चासो र चिन्ता ब्यक्त गर्दै प्रश्न गरेका थिए ।

जनताले सोधेका प्रश्नहरुको जवाफ दिदै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जनताले सैनामैनाको विकास निर्माणका कामप्रति गरेको चासो र चिन्ता स्वाभाविक भएको बताउँदै नगरपालिकाले पनि जनताकै सेवालाई ध्यानमा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले सैनामैनाका जनप्रतिनिधिहरुले गरिरहेको काममा कमी कमजोरी भए सुक्ष्मरुपमा केलाएर बाहिर निकाल्न पत्रकारहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सैनामैना नगरपालिकाको कूल बजेटमध्ये वडा कार्यालयलाई ६० प्रतिशत र नगरपालिकामा ४० प्रतिशत बजेट बिनियोजन गरिएको बताउँदै नगर प्रमुख र उपप्रमुखलाई भनेर अलग्गै बजेट विनियोजन नगरिएको बताउनु भयो । उहाँले आफ्नो हातमा नगरको गत बर्ष २५ र यो बर्ष १८ लाख बजेट रहेको उल्लेख गर्दै त्यसैबाट महिलासंग उपप्रमुख कार्यक्रम संचालन भैरहेको बताउनु भयो । सो कार्यक्रममार्फत महिलाहरुलाई विभिन्न सिपमूलक र सचेतनामूलक तालिम संचालन गरि महिलाहरुलाई स्वरोजगार र जागरुक बनाउन सहयोग पुगेको बताउनु भयो ।

त्यसैगरी सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले भ्रष्टाचाररहित नगर बनाउन तपाई हामी सवैको पहल आवश्यक रहेको बताउनु भयो । उहाँले सालझण्डीमा नवनिर्मित हाटबजार सञ्चालन गर्न पहल गरिएको बताउँदै आगामी बर्षदेखि नगरले नगरेपनि वडाले विभिन्न संघ संस्थासंग सहकार्य गरेर संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

सैनामैना नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको संचालन साझा टेलिभिजनका प्रवन्ध निर्देशक भुवन जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय