LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
DCIM100GOPROGOPR0432.JPG

कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोठी जंगलमा तारबार गरि राखिएका गाईबस्तुलाई परालको अभाव भएपछि सैनामैना ११ का भीम खनाल, हिमलाल अर्याल र टिकाराम खनालले एक टेक्टर पराल उपलब्ध गराउनु भएको छ ।
हिमलाल अर्याल
समाजसेवी
कोठी जंगलमा तारजाली गरेर राखिएका गाईबस्तुले केही खान नपाएको उक्त क्षेत्रमा यात्राको क्रममा देखेपछि पराल उपलब्ध गराएको हिमलाल अर्यालले बताउनु भयो ।

सोही क्रममा त्यस क्षेत्रमा गएका सैनामैना ११ स्थानीय समाजसेवी भीम खनालले गाईबस्तुको अबस्था देखेपछि आक्रोसित हुँदै चौपायाहरुलाई खानेपानीको व्यवस्था समेत नभएको र पराल समेत नहुँदा गाई गोरुहरु भोकै रहन बाध्य भएको बताउनु भयो ।
भीम खनाल
समाजसेवी
सैनामैना ११ का स्थानीय समाजसेवी टिकाराम खनालले हिन्दु धर्ममा गाईको गहुँत नभैकन कुनैपनि धार्मिक कार्य नचल्ने बताउँदै त्यहाँ थुनेर राखिएका गाईबस्तुलाई भोकै राखेको देखेर निकै दुःख लागेको बताउनु भयो । उहाँले गाईबस्तुलाई केही पनि खान नदिएर थुनेर राखिएको बताउँदै घाँस, पराल र पानीको व्यवस्था तत्काल गर्नुपर्ने बताउनु भयो ।
टिकाराम खनाल
स्थानीय

तार जाली लगाएर थुनेर राखिएका गााईबस्तुलाई पराल र पानीको व्यवस्था नगर्दा चौपाया मर्ने अवस्थामा समेत पुगेको त्यहाँ पुग्ने प्रत्यक्षदर्शीले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय