LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
DCIM100GOPROGOPR0432.JPG

कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोठी जंगलमा तारबार गरि राखिएका गाईबस्तुलाई परालको अभाव भएपछि सैनामैना ११ का भीम खनाल, हिमलाल अर्याल र टिकाराम खनालले एक टेक्टर पराल उपलब्ध गराउनु भएको छ ।
हिमलाल अर्याल
समाजसेवी
कोठी जंगलमा तारजाली गरेर राखिएका गाईबस्तुले केही खान नपाएको उक्त क्षेत्रमा यात्राको क्रममा देखेपछि पराल उपलब्ध गराएको हिमलाल अर्यालले बताउनु भयो ।

सोही क्रममा त्यस क्षेत्रमा गएका सैनामैना ११ स्थानीय समाजसेवी भीम खनालले गाईबस्तुको अबस्था देखेपछि आक्रोसित हुँदै चौपायाहरुलाई खानेपानीको व्यवस्था समेत नभएको र पराल समेत नहुँदा गाई गोरुहरु भोकै रहन बाध्य भएको बताउनु भयो ।
भीम खनाल
समाजसेवी
सैनामैना ११ का स्थानीय समाजसेवी टिकाराम खनालले हिन्दु धर्ममा गाईको गहुँत नभैकन कुनैपनि धार्मिक कार्य नचल्ने बताउँदै त्यहाँ थुनेर राखिएका गाईबस्तुलाई भोकै राखेको देखेर निकै दुःख लागेको बताउनु भयो । उहाँले गाईबस्तुलाई केही पनि खान नदिएर थुनेर राखिएको बताउँदै घाँस, पराल र पानीको व्यवस्था तत्काल गर्नुपर्ने बताउनु भयो ।
टिकाराम खनाल
स्थानीय

तार जाली लगाएर थुनेर राखिएका गााईबस्तुलाई पराल र पानीको व्यवस्था नगर्दा चौपाया मर्ने अवस्थामा समेत पुगेको त्यहाँ पुग्ने प्रत्यक्षदर्शीले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय