LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना ब्यपापार संघले यो बर्षको होली मिलन तथा नयाँ बर्ष २०८१ को अवसरमा भित्ते पात्रो बिमोचन शुभकामना आदान प्रदान कार्यक्रम एकै साथ सम्पन्न गरेको छ ।
आईतबार सैनामैनाको शहीद नारायण पोखरेल रामापुर क्याम्पस कोसभाहलमा आयोजित कार्यक्रममा सैनामैनाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, सैनामैनाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्की, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल लगायतले सैनामैना ब्यापार संघले प्रकाशित गरेको २०८१ को भित्ते पात्रो संयूक्त रुपमा बिमोचन गरिएको थियो ।

त्यस अवसरमा सैनामैनाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले ब्यापार संघले ब्यवसायिक हकहितका लागी बिभिन्न कार्यक्रम गर्दै आएको बताउँदै फागु पर्व तथा नयां बर्ष २०८१ को सम्पुणर्मा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सैनामैनाका संस्थापक नगर प्रमुख चित्रबहादुर कार्कीले ब्यापार संघले अबको दिनमा योजना बनाएर ब्यवसायीहरुको संरक्षण गर्ने तथा देखापरेको विविध समस्याहरुको समाधान गर्ने तर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले सैनामैना ब्यापार संघले सैनामैनाका ब्यवसायीहरुको हकहितमा काम गर्दै आएको र यस बर्षदेखि सैनामैना ब्यापार संघमा आवद्ध सदस्य ब्यवसायीहरुका लागी १ लाख बराबरको दुर्घटना बिमाको सम्झौता गरिसकेको बताउनु भयो ।

उहाँले सैनामैनामा संचालन हुदै आएको सैनामैना महोत्सवले खासै कुनै प्रभावकारी भुमिका खेल्न नसकेको बताउदै अर्को बर्ष महोत्सवको आयोजना ब्यापार संघले नगर्ने समेत बताउनु भयो ।
कार्यक्रममा भित्ते पात्रो प्रकाशन समितिका संयोजक प्रेम थापा, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम खड्का, संस्थाका प्रथम उपाध्यक्ष देवीदत्त सुबेदी, संस्थाका महासचिव भिमलाल सुवेदी लगायतले नयाँ बर्ष २०८१ तथा होली पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय