LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना ब्यपापार संघले यो बर्षको होली मिलन तथा नयाँ बर्ष २०८१ को अवसरमा भित्ते पात्रो बिमोचन शुभकामना आदान प्रदान कार्यक्रम एकै साथ सम्पन्न गरेको छ ।
आईतबार सैनामैनाको शहीद नारायण पोखरेल रामापुर क्याम्पस कोसभाहलमा आयोजित कार्यक्रममा सैनामैनाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, सैनामैनाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्की, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल लगायतले सैनामैना ब्यापार संघले प्रकाशित गरेको २०८१ को भित्ते पात्रो संयूक्त रुपमा बिमोचन गरिएको थियो ।

त्यस अवसरमा सैनामैनाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले ब्यापार संघले ब्यवसायिक हकहितका लागी बिभिन्न कार्यक्रम गर्दै आएको बताउँदै फागु पर्व तथा नयां बर्ष २०८१ को सम्पुणर्मा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सैनामैनाका संस्थापक नगर प्रमुख चित्रबहादुर कार्कीले ब्यापार संघले अबको दिनमा योजना बनाएर ब्यवसायीहरुको संरक्षण गर्ने तथा देखापरेको विविध समस्याहरुको समाधान गर्ने तर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले सैनामैना ब्यापार संघले सैनामैनाका ब्यवसायीहरुको हकहितमा काम गर्दै आएको र यस बर्षदेखि सैनामैना ब्यापार संघमा आवद्ध सदस्य ब्यवसायीहरुका लागी १ लाख बराबरको दुर्घटना बिमाको सम्झौता गरिसकेको बताउनु भयो ।

उहाँले सैनामैनामा संचालन हुदै आएको सैनामैना महोत्सवले खासै कुनै प्रभावकारी भुमिका खेल्न नसकेको बताउदै अर्को बर्ष महोत्सवको आयोजना ब्यापार संघले नगर्ने समेत बताउनु भयो ।
कार्यक्रममा भित्ते पात्रो प्रकाशन समितिका संयोजक प्रेम थापा, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम खड्का, संस्थाका प्रथम उपाध्यक्ष देवीदत्त सुबेदी, संस्थाका महासचिव भिमलाल सुवेदी लगायतले नयाँ बर्ष २०८१ तथा होली पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय