LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वडा नंं ९ र ११ कार्यक्षेत्र रहेको पिपलडाँडाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौं बार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ ।
उक्त खानेपानी सेवाभित्र करिब ५ सय ६० घरधुरी रहेका छन भने निजी धारा जडान गर्नेको संख्या पहिले २ सय ९३ रहेकोमा नियमित चालू धारा २ सय १८ वटामात्र रहेको छ ।
साधारण सभाको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेले वडामा सेवाग्राहीलाई कुनैपनि प्रकारको समस्या भए वा काममा ढिलासुस्ती भएमा आफूहरुलाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले जनताको सेवाकै लागि आफूहरु निर्वाचित भएर आएकोले सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा दिने तथा कुनैपनि गुनासो नहुने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पिपलडाँडाँ खोनेपानी तथा सरसफाई उपभोक्ता समितिले सुरुवातमा कठिन चुनौतिका बीच उपभोक्तालाई खानेपानी बितरण गरेको स्मरण गर्दै अवको दिनमा पनि उपभोक्ताको हितलाई ध्यानमा राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पिपलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भूमिलाल सापकोटाले खानेपानी आयोजना सुरु गर्दा अत्यन्त कठिन र चुनौतिको सामना गरेको बताउँदै अहिले उपभोक्ताको मागका आधारमा खानेपानी उपलव्ध गराउन सक्षम भएको बताउनु भयो । उहाँले आम उपभोक्तालाई मारमा नपार्ने गरि पाईपलाईन बिस्तार गर्न सफल भएको बताउँदै अवका दिनमा पनि निशुल्क रुपमा पाईपलाईन विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

 

खानेपानीका अध्यक्ष भूमिलाल सापकोटाको अध्यक्षतामा भएको साधारण सभा उदघाटन समारोहमा उपाध्यक्ष माया बिकले स्वागत गर्नुभएको थियो । कार्यक्रममा टोलविकास संस्थाका अध्यक्ष सुमित सापकोटा, बाँसगढी खानेपानीका अध्यक्ष मुक्तबहादुर थापा, चन्द्रवहादुर जिसी लगायतले साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो । उक्त अवसरमा जेष्ठ नागरिक तथा पूर्व सल्लाहकारहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय