सैनामैना नगरपालिकाको ८ नं. वडा कार्यालयले आईतबार आयोजना गरेको होली मिलन कार्यक्रममा सवैले होली अर्थात फागु पूर्णिमा सभ्य र मर्यादित भएर मनाउनु पर्ने कुरामा जोड दिइएको छ । वडा कार्यालयको भवन रामापुरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले होलीमा को सानो र को ठूलो भन्ने भन्दा पनि होलीलाई सदभावको रुपमा मनाउनु पर्ने बताउँदै सानो ठूलो सवै मिलेर एक अर्कोलाई शुभकामना दिने र यसलाई मर्यादित तरिकाले मनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले होली पर्वलाई मिलनको रुपमा शुभकामना आदानप्रदान गर्ने र नराम्रा कुराहरुलाई पछाडी छोडेर अवका दिनलाई राम्रो तरिकाले लैजाने र सकारात्मक सोचका साथ अगाडी बढ्ने दिनका रुपमा होली पर्वले प्रेरणा दिने विश्वास ब्यक्त गर्नुभयो ।



सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य इश्वरी भण्डारीले स्वागत गर्नुभएको थियो ।
सैनामैना नगर कार्यपालिका सदस्य दुर्गामाया श्रेष्ठको संचालनमा भएको होली मिलनकै अवसरमा मादल बजाउन सिक्दै गरेका ३५ जना महिलाहरुलाई समेत टिका लगाईदिएर शुभकामना आदान प्रदान गरिएको थियो ।




