लागूपदार्थ दुव्र्यसनी नियन्त्रण गर्न स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने औंल्याइएको छ । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा भएको लागूपदार्थ दुव्र्यसनीबिरुद्ध दुई दिने सचेतनामूलक प्रभातफेरी कार्यक्रममा उक्त कुरा औंल्याइएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको कार्यक्रममा ट्राफिक व्यवस्थापनका बिषयमा समेत समुदायलाई जानकारी गरिएको थियो ।
कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले हामी जुन समाजमा बसेका छौं, त्यो समाज सुधार गर्ने दायित्व हाम्रो पनि हो भन्दै हामीले आफ्नो दायित्व, कर्तब्य र जिम्मेबारी बोध ग¥यौं भने हामीले हाम्रो घर, परिवार र समाज सुधार गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।




कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको वडा नं. १ मा आयोजित लागू पदार्थ दुव्र्यसन नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रममा भएको सहभागीताले उत्साह थपेको बताउँदै हाम्रो समाज कस्तो बनाउने हो भन्ने कुरा हामी आफैमा निर्भर रहने बताउनु भयो । उहाँले महिला शिक्षित भयो भने त्यो घर परिवार नै शिक्षित हुने भएकोले महिलाहरुको उपस्थितिले उर्जा थपेको उल्लेख गर्नुभयो ।
त्यसैगरि कार्यक्रममा इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरिक्षक सूर्यवहादुर शाहीले कञ्चन गाउँपालिकाको पहलमा भएको यो सचेतनामूलक कार्यक्रमले लागू औषध दुव्र्यसनी नियन्त्रण गर्न तथा लागू औषध नियन्त्रणमा सहयोग पुग्ने बताउँदै कार्यक्रम सफल पार्न सहयोग गरेकोमा सवैलाई धन्यबाद दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा भएको लागू पदार्थ दुव्र्यसन नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रमको सहयोग तथा समन्वय कञ्चन गाउँपालिकाको वडा नं. १ कार्यालयले गरेको थियो ।




