LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार साँझ सैनामैना नगरपालिका १ मुर्गियामा स्वर्गीय मोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस सैनामैनाका पूर्व सभापति तथा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी तथा श्याम अधिकारीको बुबा मोहन अधिकारीको ८५ बर्षको उमेरमा गत साता निधन भएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले स्वर्गीय मोहन अधिकारीको पहिलेदेखि नै नेपाली कांग्रेसप्रतिको लगाव, निष्ठा र प्रतिवद्धताकै कारण आज उहाँका दुई छोराहरुलाई कांग्रेसले आफ्नो सम्पत्तिको रुपमा पाएको बताउनु भयो । उहाँले एउटा घरबाट कांग्रेसको नेता कार्यकर्ता तयार गर्न त्यो घरको अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै स्वर्गीय मोहन अधिकारीले त्यो बाटो देखाएकै कारण आज उहाँका छोराहरुले कांग्रेसमा उचाई र सम्मान पाएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ३ ले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभाका पूर्व सभासद फकरुद्दीन खान, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनाल लगायतको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सचिव प्रजापाल गिरीको संचालनमा भएको कार्यक्रममा स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । स्वर्गीय अधिकारीले करिव ३५ बर्ष अघि मुर्गियामा स्थापना गरेको बर्मेली मिष्ठान्न पसल अहिलेपनि लोकप्रिय छ । पसल अहिले उहाँका छोरा रामप्रसाद अधिकारीले सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय