LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार साँझ सैनामैना नगरपालिका १ मुर्गियामा स्वर्गीय मोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस सैनामैनाका पूर्व सभापति तथा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी तथा श्याम अधिकारीको बुबा मोहन अधिकारीको ८५ बर्षको उमेरमा गत साता निधन भएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले स्वर्गीय मोहन अधिकारीको पहिलेदेखि नै नेपाली कांग्रेसप्रतिको लगाव, निष्ठा र प्रतिवद्धताकै कारण आज उहाँका दुई छोराहरुलाई कांग्रेसले आफ्नो सम्पत्तिको रुपमा पाएको बताउनु भयो । उहाँले एउटा घरबाट कांग्रेसको नेता कार्यकर्ता तयार गर्न त्यो घरको अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै स्वर्गीय मोहन अधिकारीले त्यो बाटो देखाएकै कारण आज उहाँका छोराहरुले कांग्रेसमा उचाई र सम्मान पाएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ३ ले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभाका पूर्व सभासद फकरुद्दीन खान, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनाल लगायतको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सचिव प्रजापाल गिरीको संचालनमा भएको कार्यक्रममा स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । स्वर्गीय अधिकारीले करिव ३५ बर्ष अघि मुर्गियामा स्थापना गरेको बर्मेली मिष्ठान्न पसल अहिलेपनि लोकप्रिय छ । पसल अहिले उहाँका छोरा रामप्रसाद अधिकारीले सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय