LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बिहादी गाउँपालिका वहाकीठाँटी पर्वतको आयोजनामा यही चैतको २७ गते बृहद निशुल्क विशेषज्ञ स्वास्थय शिविर आयोजना हुने भएको छ । नेपाल तारा मावि विहादी ३ रानीपानीमा हुने शिविरमा काठमाण्डौं मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाण्डौंको प्राविधिक सहयोग रहेको छ ।

यसैबीच विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले पालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा उपस्थित भएर उपचार सेवा लिन विहादी गाउँपालिकाका साथै छिमेकी गाउँपालिकाका नागरिकलाई समेत अनुरोध गर्नुभएको छ ।

विहान ८ बजेदेखि सुरु हुने स्वास्थ्य शिविर साँझसम्म संचालन हुने र शिविरमा आउन जानको लागि बृद्धबृद्धा तथा अपांग भएका ब्यक्तिहरुलाई निशुल्क यातायातको व्यवस्था गरिएको छ । शिबिरमा जनरल मेडिसिन, बालरोग, मानसिक तथा नशारोग, छाला तथा यौन रोग, आँखा रोग, इसिजी, ल्याब टेष्ट सेवा, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, दन्त रोग, भिडियो एक्सरे र मुटुरोगको जाँच तथा उपचार हुने पालिका अध्यक्ष गुरुङले बताउनु भयो । पालिकाले स्वास्थ्य जाँचका साथै अपरेशन गर्नुपरेको अवस्थामा पनि निशुल्क अपरेशन सेवा उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय