LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बिहादी गाउँपालिका वहाकीठाँटी पर्वतको आयोजनामा यही चैतको २७ गते बृहद निशुल्क विशेषज्ञ स्वास्थय शिविर आयोजना हुने भएको छ । नेपाल तारा मावि विहादी ३ रानीपानीमा हुने शिविरमा काठमाण्डौं मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाण्डौंको प्राविधिक सहयोग रहेको छ ।

यसैबीच विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले पालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा उपस्थित भएर उपचार सेवा लिन विहादी गाउँपालिकाका साथै छिमेकी गाउँपालिकाका नागरिकलाई समेत अनुरोध गर्नुभएको छ ।

विहान ८ बजेदेखि सुरु हुने स्वास्थ्य शिविर साँझसम्म संचालन हुने र शिविरमा आउन जानको लागि बृद्धबृद्धा तथा अपांग भएका ब्यक्तिहरुलाई निशुल्क यातायातको व्यवस्था गरिएको छ । शिबिरमा जनरल मेडिसिन, बालरोग, मानसिक तथा नशारोग, छाला तथा यौन रोग, आँखा रोग, इसिजी, ल्याब टेष्ट सेवा, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, दन्त रोग, भिडियो एक्सरे र मुटुरोगको जाँच तथा उपचार हुने पालिका अध्यक्ष गुरुङले बताउनु भयो । पालिकाले स्वास्थ्य जाँचका साथै अपरेशन गर्नुपरेको अवस्थामा पनि निशुल्क अपरेशन सेवा उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय