LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका १० रुपन्देहीमा रहेको पशुपति माध्यमिक बिद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक समारोहको आयोजना गरि विदाई गरेका छन ।

कक्षा ११ का छात्र विपीन मरासिनीको अध्यक्षतामा कञ्चन रिसोर्टमा भएको बिदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापा र सहायक प्रधानाध्यापक हेमावती थापा रहनुभएको थियो ।

कक्षा ११ की छात्रा गरिमा थारुले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेल, कक्षा ११ कि छात्रा गिमला बिक, सुनिता रेग्मी, शिक्षकहरु केदारनाथ सापकोटाले कक्षा १२ पूरा गरि विद्यालयबाट विदाई हुँदै गरेका विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिनुभएको थियो ।

त्यसैगरी कक्षा १२ कि विद्यार्थी पूर्णिमा बुढाथोकीले विदाई कार्यक्रम गरि आफूहरुलाई शुभकामना दिनुभएकोमा विद्यालय परिवार र कक्षा ११ बिद्यार्थीहरुप्रति धन्यबाद दिनुभएको थियो । कार्यक्रमको संचालन हिम परियारले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय