रुपन्देहीको कञ्चन गाउँपालिकामा लागु औषध दुब्र्यसनी बिरुद्ध सचेतना ¥याली प्रदर्शन गरिएको छ । कञ्चन साथी सञ्जालको आयोजना, सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा आयोजित उक्त ¥यालीमा कञ्चन गाउँपालिका वडा नं. ३, ४ र ५ का महिला समूह, युवा क्लव, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
कञ्चन ३ धौलागिरीचोक देखि शुरु भएको ¥याली कञ्चन ४ को सुनगाभा चोक, डायरी चोक, थकालीचोक हुदै गरगरेमा पुगेर कोणसभामा परिणत भएको थियो। ¥याली पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै कञ्चन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले अवको नयाँ पुस्तालाई लागु पदार्थ दुब्र्यसनीबाट टाढा राख्न सबै सचेत बन्नुपर्ने बताउनु भयो ।



यसैगरी वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले पछिल्लो समय युवा पुस्तामा देखिएको गलत ब्यबहार, संस्कार र कृयाकलापले समाजलाई असुक्षित बनाउदै गइरहेको अनुभुती दिलाएको बताउनु भयो कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापा मगरले स– साना बालबालिकाहरुलाई सुर्ति तथा मदिराजन्य बस्तुहरु किन्न लगाउने बानीलाई अन्त्य गर्नुको बिकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रहरी सहायक निरीक्षक तथा ट्राफिक इन्चार्ज कृष्णबहादुर पुन र संकल्प समूहका युवराज पुनले लागु औषध दुब्र्यसनीका कारण र यसले घर परिवार र समाजलाई पुर्याउने असर र हानी नोक्सानीका बारेमा बताउनु भएको थियो।
कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता, सचिव उषा सुनारको संचालन र उपाध्यक्ष बिष्णु सुनारको स्वागतमा भएको कार्यक्रममा सञ्जालका अध्यक्ष सुस्मिता नेपाली लागु औषध दुब्र्यसनी बिरुद्धको ५ दिने अभियान र अभियानको क्रममा संचालन गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिनु भएको थियो ।




