LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १० मा रहेको पशुपति माध्यमिक विद्यालयको ६२ औं बार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन, अक्षयकोष तथा पुरस्कार बितरण र सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा प्रमुख अतिथी हुनुहुन्थ्यो । त्यस अवसरमा बोल्दै प्रमुख शर्माले पशुपति माध्यमिक विद्यालयले पछिल्लोसमय राम्रो प्रगति गर्दै गएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट नतिजा दिन सफल होस भन्ने शुभकामना दिनुभयो ।

सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले बुटवल पश्चिम क्षेत्रकै सवैभन्दा पुरानो विद्यालय पशुपति माध्यमिक विद्यालयको शैक्षिक सुधारमा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिकसंगै भौतिक संरचना बिस्तारमा विद्यालयले ध्यान दिएको बताउनु भयो ।

पशुपति माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले आफू अध्यक्ष भएर आएपछि विद्यालयको शैक्षिक नतिजामा सुधार आएको बताउँदै विद्यालयको प्रगतिका लागि आफू रात दिन नभनी कृयाशील भएको बताउनु भयो । उहाँले विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा विकास गर्न सवैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

त्यस अवसरमा विद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार बितरण गर्नुकासाथै विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय