LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १० मा रहेको पशुपति माध्यमिक विद्यालयको ६२ औं बार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन, अक्षयकोष तथा पुरस्कार बितरण र सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा प्रमुख अतिथी हुनुहुन्थ्यो । त्यस अवसरमा बोल्दै प्रमुख शर्माले पशुपति माध्यमिक विद्यालयले पछिल्लोसमय राम्रो प्रगति गर्दै गएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट नतिजा दिन सफल होस भन्ने शुभकामना दिनुभयो ।

सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले बुटवल पश्चिम क्षेत्रकै सवैभन्दा पुरानो विद्यालय पशुपति माध्यमिक विद्यालयको शैक्षिक सुधारमा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिकसंगै भौतिक संरचना बिस्तारमा विद्यालयले ध्यान दिएको बताउनु भयो ।

पशुपति माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले आफू अध्यक्ष भएर आएपछि विद्यालयको शैक्षिक नतिजामा सुधार आएको बताउँदै विद्यालयको प्रगतिका लागि आफू रात दिन नभनी कृयाशील भएको बताउनु भयो । उहाँले विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा विकास गर्न सवैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

त्यस अवसरमा विद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार बितरण गर्नुकासाथै विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय