LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका ३ मुर्गिया रुपन्देहीमा रहेको सुनगाभा पब्लिक स्कुलको बार्षिक नतिजा प्रकाशन, पुरस्कार बितरण तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

स्कुलका प्रिन्सिपल तिलब केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतम लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । स्कुलका शेयर सदस्य शिबलाल गौतमले स्वागत गर्नुभएको कार्यक्रमको संचालन भाईस प्रिन्सिपल कमलचन्द्र पौडेलले गर्नुभएको थियो ।

त्यस अवसरमा अनुशासनमा अब्बल विद्यार्थी, स्कुलमा सत प्रतिशत उपस्थित छात्रछात्रा तथा सरसफाईमा ध्यान दिने छात्राछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । स्कुलका अनुसार सवै विधामा अब्बल भएका विद्यार्थीहरु देबयानी गौतम र रोजिन पोखरेललाई स्टुडेन्ट अफ दि इयर घोषणा गरिएको छ ।

स्कुलले २०७८ सालको एसइइमा जिपिए ३ दशमलब ९५ ल्याउन सफल विद्यार्थीहरु अनुस्का गौतम र स्मृति पाण्डेलाई सम्मान समेत गरेको छ । बार्षिक नतिजा प्रकाशन कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीले मनोरञ्जन प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय