LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना १० सालझण्डीका सर्प उद्धारकर्ता चेतबहादुर सारु ( कान्छा सारु)ले निःशूल्क झुल वितरण गर्नुभएको छ ।

सर्पको उद्धार गर्दै आउनु भएका कान्छा सारुले समुदायमा पुगेर जनचेतना फैलाउँदै गरिब तथा बिपन्न परिवारलाई प्रत्यक वर्ष झुल वितरण गर्दै आउनु भएको छ ।

सालझण्डी पानबारीका गरिब तथा बिपन्न परिवारलाई सर्पदेखि बच्ने उपायसहित उहाँले झुल वितरण गर्नुभएको हो । लामखुट्टेदेखि सर्पको डसाईबाट बच्नको लागि सुत्ने बेलामा झुलको प्रयोग गर्न सारु कान्छाको सुझाँब रहेको छ ।

गर्मी बढेसँगै तराईमा सर्पको बिगविगी सुरु भएको बताउँदै उहाँले घरवरपर सरसफाईदेखि राती सुत्ने बेलामा झुलको प्रयोग गर्न सके सर्पको डसाईबाट बच्न सकिने बताउनुभयो । उहाँले ९७ घरधुरीलाई १५० पिस झुल वितरण गर्नुभएको हो । सैनामैनाका समाजसेवी गगन श्रेष्ठबाट २०, शिव श्रेष्ठबाट ५० र आफ्नो ८० पिस गरी १५० वटा झुल वितरण गरिएको सारु कान्छाले जानकारी दिनुभयो ।

 

सर्पले वातावरणमा संरक्षणमा दिएको योगदानको विषयमा जानकारी दिँदै सर्पउद्धार कर्ता सारु कान्छाले गोबन, बाघे, गनग्वारी र घोरघोराईज जातका सर्पबाट बच्ने उपाय र डस्दा देखिने लक्षणको बारेमा जानकारी गरानु भएको थियो । सारु कान्छालाई सर्प उद्धारकै क्रममा २ वर्ष अघि गोमन सर्पले डसेको थियो ।

उहाँलाई यस्तो जोखिमको काम नगर्न घर परिवारबाट पनि दबाब आएको छ । तर, सारु कान्छामा सर्प उद्धार गर्ने, समुदायलाई सहयोग गर्ने र गरिब तथा निमुखा जनताको सेवामा लागिरहनु भएको छ । स्थानीय सुनिता नेपालीले सारु कान्छाबाट झुलसँगै सर्पबाट बच्ने उपायको बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।

घर वरपर सरसफाईसँगै झुलको प्रयोगबाट लामखुट्टेदेखि सर्पको डसाईबाट बच्न सकिने उपायको बारेमा थाहा भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय