LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिएपछि अहिलेको समीकरण बनेको बताए ।

भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने पनि बताए । समाजवादी प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा गरेको अन्तर्क्रिरया कार्यक्रममा भुसालले वामपन्थी एकताका लागि माओवादी केन्द्र माओवादबाट माथि उठ्नुपर्ने र एमाले व्यक्ति पूजाबाट माथि उठ्नुपर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए ।आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन नतयार नभएको भुसालले भने ।

पार्टीभित्र र बाहिर सबै तिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती रियलाइजेसन गरेर नै यो समीकरणमा आएको भुसालले बताए । ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउं नभएको तर्क गर्दै भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा पुर्व मन्त्री सोमप्रसाद पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल , समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,रुपन्देही अध्यक्ष विनोद परियार लगायतले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय