LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको रोहिणी गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि वडाअध्यक्ष, विद्याल यव्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा आम सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्नभएको छ ।

रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले संयुक्त प्रयासबाटै रोहिणीको शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक रुपमा अघि बढ्दै आएको बताए । गाउँपालिकाका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले गत शैक्षिक सत्रमा योग्यता पुगेका शिक्षकहरुलाई प्रधानाध्यापकको रुपमा पठाइएको बताए । जनमत पार्टीका नेताशम्भु प्रसाद यादवले ठूलो लक्ष्य लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले शिक्षकको प्रगति रिपोर्ट हरेक विद्यालयले त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिए । नेकपा (माओवादी केन्द्र) का नेता ओमप्रकाश गुप्ताले एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउन नहुने बताए । पशुपति आधारभूत विद्याल यव्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले विद्यालयको विकासकालागि सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय