LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा बार्षिक साधारण सभा शनिवार बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशन तथा साधारण सभाको उदघाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले सरकार प्रेसप्रति अझैपनि अनुदार रहेको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रले खबरदारी नगर्ने हो भने सरकारले प्रेस स्वतन्त्रताविरुद्ध कडा कानुन ल्याउन पछि नपर्ने बताउँदै तर पत्रकार महासंघको निरन्तरको खबरदारीले सरकार पछि हटेको बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार टोपराज शर्मा र कपिल ज्ञवालीलाई प्रदान गरियो भने सिद्धार्थ पत्रकारिता पुरस्कार दिपक घिमिरेलाई प्रदान गरिएको थियो ।

त्यसैगरी पत्रकार महासंघ रुपन्देहीले पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुने पूर्व अध्यक्षहरुमा डिआर घिमिरे, मोहन चापागाई, दिपक ज्ञवाली, यानेन्द्र जिसी, हरी लम्साल लगायत हुनुहुन्छ ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको अधिबेशनको बन्दसत्रले सचिव र कोषाध्यक्षको बार्षिक र आर्थि प्रतिवेदन पारित गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय