LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा बार्षिक साधारण सभा शनिवार बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशन तथा साधारण सभाको उदघाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले सरकार प्रेसप्रति अझैपनि अनुदार रहेको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रले खबरदारी नगर्ने हो भने सरकारले प्रेस स्वतन्त्रताविरुद्ध कडा कानुन ल्याउन पछि नपर्ने बताउँदै तर पत्रकार महासंघको निरन्तरको खबरदारीले सरकार पछि हटेको बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार टोपराज शर्मा र कपिल ज्ञवालीलाई प्रदान गरियो भने सिद्धार्थ पत्रकारिता पुरस्कार दिपक घिमिरेलाई प्रदान गरिएको थियो ।

त्यसैगरी पत्रकार महासंघ रुपन्देहीले पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुने पूर्व अध्यक्षहरुमा डिआर घिमिरे, मोहन चापागाई, दिपक ज्ञवाली, यानेन्द्र जिसी, हरी लम्साल लगायत हुनुहुन्छ ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको अधिबेशनको बन्दसत्रले सचिव र कोषाध्यक्षको बार्षिक र आर्थि प्रतिवेदन पारित गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय