LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

संकल्प समुह सैनामैनाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । रेशम गुरुङको नेतृत्वमा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा दृष्टी राना, सचिव योगेश ठकुरी, कोषाध्यक्ष जिवन थापा, सदस्यहरुमा युवराज पुन, केशव पोख्रेल र दिपा ज्ञवाली चयन हुनुभएको छ ।
शनिवार समुहले एक कार्यक्रमको आयोजना गरी पुरानो कार्यसमितिलाइ विदाई तथा नवगठित समितिलाइ सम्मान र स्वागत गरेको छ ।
नवगठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै सैनामैना नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष भुवनबहादुर क्षेत्रीले संकल्प समुहले समाजमा उदाहरणीय काम गर्दै आएको बताउनु भयो । उहाँले संकल्प समुहले कुलतमा फसेकालाई त्यसबाट उन्मुक्ती दिलाउदै आएको समेत उल्लेख गर्नुभयो । उहाँले संकल्प समूहका साथीहरु निरास हुनुपर्ने अवस्था नरहेको बताउँदै सानो तिनो गल्ती गर्दैमा र बाटो बिराउँदैमा निरास नभै आगामी दिनमा आफूलाई सुधार गरेर समाजलाई नै बाटो देखाउने अवस्थामा पुग्न सकिने र त्यो आँट र साहस संकल्प समूहका सदस्यहरुले राख्न उत्साहित गर्नुभयो ।

कार्यक्रममा संकल्प समूहका संस्थापक अध्यक्ष प्रकाश थापाले कुलतमा फसेका युवाहरुलाई समाजमा पुनस्र्थापना गर्ने उद्देश्यले र स्थानीय पालिका तथा संघसंस्थाहरुसंग चेतनामूलक कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले समाजमा काम गर्दै जाँदा समस्या पनि आउने भएकोले सवैको सहकार्यबाट अघि बढेमा समाधान गर्न सकिने विश्वास ब्यक्त गर्दै संकल्प समूहले आगामी दिनमा समेत सहकार्यकै माध्यमबाट आफ्नो कदम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा समाजसेवी गोबिन्द खरेल, पत्रकार टिका खरेल, सुरेश परियार, संस्थाका उपाध्यक्ष दृष्टि राना, पूर्व अध्यक्ष रितेश कुमार, पूर्व कोषाध्यक्ष श्यामप्रसाद अधिकारी, यूवा संघका श्री दर्लामी, तरुण दलका प्रतिक श्रेष्ठ, भगवानदिन पटवा लगायतले संकल्प समुहको योगदान र कार्यको बिषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले संकल्प समुहले बाटो बिराएर गलत बाटोमा लागेकालाई सही मार्गमा डो¥याएको बताउँदै समाजमा यसको ठूलो योगदान रहेको र संस्थाको मूल्याङ्कन समाजले गर्दै आएको समेत बताउनु भयो ।
रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ मा रहेको संकल्प समुहमा हाल यस क्षेत्रका करिब २८ जना उपचारार्थ रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय