LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

संकल्प समुह सैनामैनाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । रेशम गुरुङको नेतृत्वमा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा दृष्टी राना, सचिव योगेश ठकुरी, कोषाध्यक्ष जिवन थापा, सदस्यहरुमा युवराज पुन, केशव पोख्रेल र दिपा ज्ञवाली चयन हुनुभएको छ ।
शनिवार समुहले एक कार्यक्रमको आयोजना गरी पुरानो कार्यसमितिलाइ विदाई तथा नवगठित समितिलाइ सम्मान र स्वागत गरेको छ ।
नवगठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै सैनामैना नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष भुवनबहादुर क्षेत्रीले संकल्प समुहले समाजमा उदाहरणीय काम गर्दै आएको बताउनु भयो । उहाँले संकल्प समुहले कुलतमा फसेकालाई त्यसबाट उन्मुक्ती दिलाउदै आएको समेत उल्लेख गर्नुभयो । उहाँले संकल्प समूहका साथीहरु निरास हुनुपर्ने अवस्था नरहेको बताउँदै सानो तिनो गल्ती गर्दैमा र बाटो बिराउँदैमा निरास नभै आगामी दिनमा आफूलाई सुधार गरेर समाजलाई नै बाटो देखाउने अवस्थामा पुग्न सकिने र त्यो आँट र साहस संकल्प समूहका सदस्यहरुले राख्न उत्साहित गर्नुभयो ।

कार्यक्रममा संकल्प समूहका संस्थापक अध्यक्ष प्रकाश थापाले कुलतमा फसेका युवाहरुलाई समाजमा पुनस्र्थापना गर्ने उद्देश्यले र स्थानीय पालिका तथा संघसंस्थाहरुसंग चेतनामूलक कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले समाजमा काम गर्दै जाँदा समस्या पनि आउने भएकोले सवैको सहकार्यबाट अघि बढेमा समाधान गर्न सकिने विश्वास ब्यक्त गर्दै संकल्प समूहले आगामी दिनमा समेत सहकार्यकै माध्यमबाट आफ्नो कदम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा समाजसेवी गोबिन्द खरेल, पत्रकार टिका खरेल, सुरेश परियार, संस्थाका उपाध्यक्ष दृष्टि राना, पूर्व अध्यक्ष रितेश कुमार, पूर्व कोषाध्यक्ष श्यामप्रसाद अधिकारी, यूवा संघका श्री दर्लामी, तरुण दलका प्रतिक श्रेष्ठ, भगवानदिन पटवा लगायतले संकल्प समुहको योगदान र कार्यको बिषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले संकल्प समुहले बाटो बिराएर गलत बाटोमा लागेकालाई सही मार्गमा डो¥याएको बताउँदै समाजमा यसको ठूलो योगदान रहेको र संस्थाको मूल्याङ्कन समाजले गर्दै आएको समेत बताउनु भयो ।
रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ मा रहेको संकल्प समुहमा हाल यस क्षेत्रका करिब २८ जना उपचारार्थ रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय