LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

३०, अप्रिल युएई
रूपन्देही जिल्लाबाट विभिन्न प्रयोजनमा संयुक्त अरब एमिरेट्स युएईमा रहेका नेपालिहरूको संगठित संस्था रूपन्देही सेवा समाज युएईको पाचौ अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले २ बर्षे कार्यकालका लागि अमित लोहनीको नेत्तृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा हेमा भण्डारी, दिलिप खनाल, महिला उपाध्यक्षमा सिता पङ्गेनी थापा , महासचिवमा प्रकाश भण्डारी, सहसचिवमा सुष्मा सुनार, कोषाध्यमा रोहित रायमाझी,सह कोषाध्यक्ष ज्योति खनाल चयन भए भने केन्द्रीय सदस्यमा अनिल क्षेत्री,कृष्ण भट्टराई, राम प्रसाद श्रेष्ठ,रूपकला सुनार,शान्ति बिक,बिनोद श्रीस मगर,महेश्वोर घिमिरे,रन्जीता कलाखेती,सन्त राम यादव,मुक्ति पाठक, पार्वती पाठक, इन्दिरा अर्याल,बिष्णु पाठक, गणेश कोइराला,पवित्रा कोइराला, तारादेवी रास्कोटी,दिलु आले, द्रूपति थापा मगर, प्रदिप पुन मगर, होम रजाली मगर,दाल बहादुर सोमरे,सुनिता थापा मगर , सोनु रेश्मी मगर चयन भएका छन् ।
नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष र सचिव पदमा भने कार्य समितिको बैठकबाट मनोनित हुने निर्वाचन समिति सदस्य बाबुराम सुनारले बताउनुभयो ।

 

संस्थाका अध्यक्ष टंक थापाको अध्यक्षता,नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युएईमा कृयाशिल संघसस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको हो । सो अबशरमा बोल्दै प्रमुख अतिथि मोक्तानले परदेशमा भैपरि आउन सक्ने समस्या अफ्याराहरूमा सहजिकरण गर्न यस्ता संस्था आवश्यक हुने बताए । उनले रूपन्देही सेवा समाज आफैमा पुरानो संस्था भएको उल्लेख गर्दै समाजले गरेको सामाजिक कामहरूप्रति प्रशंसा व्यक्त गरे ।

संस्थाका अध्यक्ष टंक थापाले आफ्नो कार्यकालमा भएका सामाजिक कामहरूको चर्चा गर्दै संस्थामा आवद्द सबै सदस्यहरूको सकृय सहभागीमा संस्था अगाडि बढेको बताए । संस्था स्थापनाकाल देखि बर्तमान अबस्थाबारेमा बोल्दै , रूपन्देहीले आफ्नो छुट्टै पहिचान बनाएको उनले बताए । आफु नेत्तृत्वमा रहदा संस्थामा सबैको साथ सहयोग पाएको बताउदै आगामि दिनमा पनि थप सकृय बनाउन सबै एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनप्रगतिशिल मंच युएईका पुर्ब अध्यक्ष बाबुराम बिश्वकर्मा , सनातन गौ संरक्षण युएई कि, रमा न्यौपाने पन्थ, पत्रकार उमाकान्त पाण्डेय लगायतले बोलेका थिए ।

सोहि अबशरमा, संस्थालाई सहयोग गर्ने व्यक्तित्वहरूलाइ सम्मान समेत गरिएको थियो भने संस्थाको संसोधित बिधान पारित गरिएको हो ।

आइतबार वर दुबइ स्थित सिल्भरस्पुन नेपाली रेस्टुरेण्टमा भएको समाजको पाचौं अधिवेशन कार्यक्रम सीता पंगेनि थापा को स्वागत एबं महासचिव युवराज भट्टराईको संचालनमा भएको हो।

सन् २०१४ मा स्थापित रूपन्देही सेवा समाजले विभिन्न समयमा युएई एब्ं नेपालमा सामाजिक कामहरूमा सहयोग गर्दै आएको छ। नेपाली समाज युएईमा आवद्द रहेको रूपन्देही समाज जिल्लागत संस्थाहरूमा सकृय संस्थाका रूपमा चिनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय