LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीका सामाजिक अभियान्ताहरुले विद्यालयमा शैक्षिक सामाग्री वितरण सुरु गरेका छन । आफ्नो नास्ता खर्च कटाएर गरिब तथा बिपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण सुरु गरेका हुन ।
अभियान्ताहरुले मंगलबार रूपन्देहीको कञ्चन गाउँपालिका १ लौसामा रहेको दुर्गा माध्यमिक विद्यालयका ६० जना गरिब तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । सामाजिक अभियान्ताहरु डोलराज भण्डारीको नेतृत्वमा नेत्र लामिछाने, आनन्द गिरी, सुर्दशन अवधको टोलीले मंगलबार विद्यालयमा पुगेर विद्यार्थीलाई कापि, कलम वितरण गरेको हो ।
सामाजिक अभियान्ता डोलराज भण्डारीले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापि कलम वितरणको अभियान सुरु गरिएको बताउनुभयो । जेहेन्दार तथा गरिब बिपन्न परिवारका विद्यार्थीलाई पढ्नको लागि सहयोग गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको उहाँको भनाई छ । रुपन्देही जिल्लामा रहेका १४२ जना अभियान्ताहरुले शिक्षा क्षेत्रको सुधारको लागि शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरणको लागि अभियान सञ्चालन गरिएको भण्डारीले बताउनुभयो ।

कञ्चन गाउँपालिका वडा न. १ का वडा अध्यक्ष हरिनारायण थारूले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापी कलम वितरण गरेर अभियान्ताहरूले उदाहरणीय काम गरेको बताउनुभयो । यस दुर्गा माविमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेको बताउँदै उहाँले विद्यालयको भवन निर्माणको लागि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेको बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर कार्कीले गरिब तथा बिपन्न बर्गका बालबालिका दुर्गा माविमा पढ्न आउँने गरेको र शैक्षिक सामाग्रीको अभावले पठनपाठनमा प्रभावित नहोस भन्दै अभियान्ताहरुको सहयोग आएको बताउनुभयो । विद्यालयमा प्रयाप्त भवन नभएको बताउँदै उहाँले भवन निर्माणको लागि समेत सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानध्यापक जागेश्वर अधिकारीले २०४८ सालमा स्थापना भएको विद्यालयमा अहिले बालकक्षादेखि १० कक्षासम्म ४ सय विद्यार्थी रहेको र भवनको अभावले पठनपाठनमा समस्या हुने गरेको बताउनुभयो ।
यस्तै सैनामैना ९ भरैयाका अग्नि पिडितलाई पनि शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको अभियान्ता आनन्द गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय