LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल, २२ बैशाख । प्राकृतिक जिवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाऔं, निरोगी र दिर्घजीवी बनौं भन्ने उद्घोषका रुपन्देहीको सैनामैना १ चारपाला स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सप्ताहब्यापी रुपमा योग चिकित्सा जागरण कार्यक्रम शुरु भएको छ ।
“निरोगी बनौं, दिर्घजिवी बनौं, स्वच्छ प्राकृतिक जीवनशैली अवलम्बन गरौं” भन्ने मुल नाराका साथ रुपन्देहीको सैनामैना १ बनकट्टा स्थित प्राकृतिक चिकित्सालयमा योग चिकित्सा जागरण सप्ताह शुरु भएको हो । आगामी २८ गतेसम्म संचालन हुने सो योग चिकित्सा जागरण सप्ताहको उद्घाटन समारोहमा सहभागि बक्ताहरुले प्राकृतिक जिवनशैलीका साथ योग चिकित्सा पद्धती अपनाई निरोगी र दिर्घजीवी बन्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले पछिल्लो समय परिवर्तित स्वभाव र आहार बिहारका कारण मानव जिवनशैली बिकराल समस्याग्रस्त बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै योग ध्यान, आयाम, ब्यायाम, प्रणायमबाट जिवन सुखमय बन्ने बिश्वास ब्यक्त गरे । योग तथा प्राकृतिक चिकित्सा पद्धतीका सम्बन्धमा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयले पुराएको योगदानको चर्चा गर्दै नगर प्रमुख शर्माले यसको बिकास र प्रबद्र्धनका लागि नगरपालिकाको तर्फबाट भरपुर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 


कार्यक्रममा योग चिकित्सा जागरण अभियान तथा सहयात्रा राष्ट्रका लागि युवा नेपालका संयोजक डा. निकोलस भुसालले अभियानमा सहभागि भै प्रयाप्त मात्रामा स्वास्थ्य लाभ लिन सबैलाई आग्रह गर्दै धार्मिक, आध्यात्मिक र ज्ञान बिज्ञानको समिश्रण नै प्राकृतिक योग तथा चिकित्सा पद्धती भएको दावी गर्नुभयो । मन र मस्तिष्कलाई स्वच्छ र स्वच्छ राख्न प्राकृतिक चिकित्सा पद्धतीको भुमिका महत्वपुर्ण हुने डा. भुसालको भनाई थियो ।
पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष कमलराज घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बाल योगेश्वर बैष्णवानन्द, दिनमणी बस्याल, ध्रुवकुमार घिमिरे, चिन्तामणी शर्मा लगाएत बिभिन्न योग गुरु तथा बिद्धानहरुबाट योग, ध्यान, ज्ञान र बिज्ञानको प्रयोगबाट गरिने उपचार पद्धतीका बारेमा जानकारी गराइएको थियो । साथै बिभिन्न रोगहरुको उपचारका लागि अपनाउनु पर्ने आहार, बिहार, बिचार र प्रयोगका बारेमा समेत प्रष्ट पार्दै जिवनमा सुख र समृद्धि प्राप्त गर्ने उपायहरुका बारेमा चर्चा गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय