LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

कपिलवस्तु–६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई पेसागत दक्षतासम्बन्धी १ दिने प्रशिक्षण प्रदान गरिएको छ ।
प्रशिक्षणमा कक्षा प्रि–नर्सरीदेखि कक्षा ८ सम्म अध्यापनरत शिक्षकशिक्षिकाहरूलाई लक्षित गरी प्रशिक्षक पुरुषोत्तम पाण्डेयले पेसागत क्षमता, व्यक्तित्व र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने सीमा थापाले प्रि–नर्सरी, नर्सरी र केजीमा आर्ट एन्ड क्राफ्ट, संस्कार र संस्कृति तथा व्यावहारिक ज्ञान सिकाउने प्रयोगात्मक अभ्यास, कक्षाकोठा व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य युवराज बेल्बासेले शिक्षण सिकाइ क्रियाकलाप, शिक्षणकौशल र पेसागत दक्षता विकासका लागि प्रशिक्षण राखिएको बताउँदै गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र आधुनिक सिकाइको वातावरण तयार गर्दै अगाडि बढिरहेको कुरा बताउनुभयो ।
१ दिने प्रशिक्षणमा विद्यालयका शिक्षकशिक्षिकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो भने प्रशिक्षण सिकाइमूलक र प्रभावकारी रहेको कुरा सहभागी शिक्षिका माया वमसिंहले बताउनुभयो ।
गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, विद्यार्थीहरुको क्षमता पहिचान, प्रोत्साहन र संस्कार एवम् संस्कृतिसम्बन्धी व्यावहारिक ज्ञान समेत दिँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय