LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

गुल्मीको सत्यवती गाउँपालिका वडा न.७ जुनियामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको आयोजना तथा खत्री नर्सिङ होम बुटवल र क्रिमसन अस्पतालको प्राविधिक सहयोगमा भएको शिबिरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएको समाजका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो ।

शिविरमा भिडियो एक्सरे, इसिजी सेवा, नशा तथा मनोरोग, हाडजोर्नी, जनरल, रगत जाँच, सामान्य चेकजाँच र औंषधी वितरणको सेवा प्रदान गरिएको थियो। फेमली फिजिसियन डाक्टर ढकबहादुर खत्री, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सन्दिप शर्मा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शेखर प्रसाद पोख्रेल, जनरल फिजिसियन डाक्टर कृष्णचन्द गोदार, मेडिकल अधिकृत डाक्टर यादव अर्याल र मेडिकल अधिकृत डाक्टर विपिन ढकालले स्वास्थ्य सेवा दिनुभएको थियो ।

शिविरको शुभारम्भ गर्दै सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले गरिएको कार्यक्रम सराहनीय भएको बताउनुभयो ।

खत्री नर्सिङ होमका डाइरेक्टर डाक्टर डिबि खत्री, क्रिमसन अस्पतालका डाइरेक्टर डाक्टर शेखरप्रसाद पोख्रेलले आफुहरुले समयसमयमा सजिलै स्वास्थ्य सुबिधा उपलब्ध नभएका ग्रामीण भेगमा स्वास्थ्य शिविर आयोजना गरिरहेको बताउदै आफुहरु शिविरहरु मार्फत निरन्तर रुपमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, सत्यवती ७ का वडा अध्यक्ष लोकबहादुर बुढाथोकी, वडा ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली, मानव अधिकार तथा शान्ती समाज रुपन्देही एवं चिदिपानी तिलोत्तमा समाजका अध्यक्ष कृष्ण भट्टराई, जुनिया माविका प्रधानाध्यापक केशब भट्टराई, समाजका कोषाध्यक्ष ओमप्रकाश भण्डारी लगायतले भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय