LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा नमुना विद्यालयका रुपमा स्थापित सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ लोगो प्राप्त गरेको छ ।शुक्रबार विद्यालयमा आयोजित एक समारोहका बीच अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह संस्थाका प्रतिनिधिले आईएसओ लोगो हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट आफूहरुले प्राप्त गर्न सफल भएको बताउनु भयो ।

त्यसैगरी अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह संस्थाका प्रतिनिधि सुदिप शर्माले शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयलाईउक्त प्रमाणपत्र प्रदान गरिएको बताउनु भयो ।

आईएसओ गुणस्तर चिन्हको संसारभरि मान्यता हुन्छ ।
सैनामैना नगरपालिका १ रानीबगियामा रहेको विद्यालय पछिल्लोसमय बुटवल पश्चिमको प्रमुख शैक्षिक केन्द्रको रुपमा विकास हुँदै गएको छ । बिक्रमसम्बत २०३१ सालमा स्थापना भएको यो बिद्यालयले अहिलेसम्म हजारौं विद्यार्थीलाई शिक्षाको उज्यालो प्रदान गरिसकेको छ ।
स्थापनाकालमा कक्षा १ सम्म संचालन भएपनि २०३४ सालमा निम्न माध्यमिक विद्यालयका रुपमा स्तरबृद्धि हुन सफल भएको थियो । त्यसैगरी २०५२ सालमा माध्यमिक विद्यालयको रुपमा अनुमति प्राप्त गरी आफ्नै बिद्यालयबाट एसईई परिक्षा दिलाउन सफल हुँदै विद्यालयको महत्वपूर्ण खुडकिलो पार गर्न सफल भएको हो । अहिले यो विद्यालय बुटवल तिनाउ पश्चिमका हजारौं विद्यार्थीहरुको भविष्य र आशाको दियो बन्न सफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय