युएसआईडी जल जंंगलको सहयोग तथा राष्ट्रिय लघु उद्यमी महासंघ नेपालको आयोजनामा सैनामैना नगरपालिका स्तरीय अभिमुखीकरण तालिम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले गरिवी निवारणका लागि गरिएको यस किसिमको तालिमले उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहााँले सैनामैनाका दिदी बहिनीहरुलाई कसरी आयआर्जनमा जोड्ने भन्ने कुरा बढी महत्वपूर्ण रहेको बताउँदै महिलाहरुको आर्थिक सबलीकरणमा नगरपालिकाले ध्यान दिएको बताउनु भयो । उहाँले महिलाहरुले उत्पादन गरेका बस्तुको कसरी बजारीकरण गर्ने भन्ने बिषयमा नगरपालिकाले समेत छलफल गर्ने बताउँदै बन जंगलमा निशुल्क पाईने प्राकृतिक श्रोत साधनको सदुपयोग गर्ने र त्यसबाट आयआर्जन समेत हुने भएकोले यो कार्यक्रम बढी महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।




त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले महिला दिदी बहिनीहरुलाई आर्यआर्जनमा जोडेर आत्मनिर्भर बनाउन यस प्रकारका तालिम महत्वपूर्ण हुने बताउँदै नगरपालिकाले समेत आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले आर्थिकरुपमा विपन्नहरुको जिवनस्तर उकास्न एवम् महिलाहरु दिदीबाहिनीहरुलाई आत्मनिर्भार र व्यवसायीक बनाउने काममा नगरपालिका लागिरहेको बताउनुभयो ।
राष्ट्रिय लघु उद्यमी महासंघ नेपालका उद्यम विकास सजहकर्ता सेसना लिम्बुले सहजीकरण गर्दै पहिलो चरणको थाकलको तालिम लिइसकेका सहभागीहरुलाई पुनर्ताजगी गराउने उद्देश्य अनुरुप ४५ दिने थप तालिमको आयोजना गरिने बताउनुभयो ।
थाकल तालिमको पहिलो चरणमा सिकेको सिपलाई थप नयाँ वस्तुहरु बुन्न सिकाउने, बजारीकरण गर्ने, उद्यमका लागि योजना तर्जुमा, वित्तीय संस्थासंग समन्वय, बजार व्यवस्थापन लगायतका बारेमा तालिममा सिकाइने बताउनुभयो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा नगरपालिकाको सभाहलमा युएसआईडी जल जंंगल प्राकृतिक स्रोतमा आधारित उद्यममार्फत जैविक विविधता संरक्षण सम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।




