LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कञ्चनमा गत बैशाख २९ गते देखि शुरु भएको तनाव ब्यबस्थापनका लागि एक हप्ते योग शिविर सम्पन्न भएको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को कार्यालयको आयोजनामा संचालित योग शिविरको समापन गरिएको हो।
दियो खेल मैदानमा संचालन भएको शिविरको समापन गर्दै कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टेक बहादुर गुरुङ्गले स्वस्थ जिवनका लागि योग अनिवार्य रहेको बताउनु भयो।
योगले आफ्नो जिवनमा आमुल परिवर्तन ल्याएको उल्लेख गर्दै गुरुङ्गले यदि आफु योग शिविरमा सहभागी नभएको भए आफ्नो जिवनको आयुको कुनै टुङ्गो नहुने महसुस गरेको बताउनु भयो।
यस्तै वडा नं.३ का वडा टिकाराम सापकोटाले योगलाई जिवनसंग जोडेर संगसंगै लैजान सकेमात्र जिवनमा नयाँ उर्जा थपिने बताउनु भयो भने वडा नं. १ का वडा अध्यक्ष हरिनारयण थारुले योग नै अस्वस्थ जिवनका लागि ठूलो अस्पताल भएको उल्लेख गर्नु भयो।
यसैगरी वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले दैनिक जिवनमा योगलाई आत्मसात गर्न सकेमात्र शारिरीक र मानसिक रुपमा तन्दुरुस्त भइने बताउनु भयो। वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दियो ढावा टोल बिकास संस्थाका अध्यक्ष केशवबहादुर गाहा र हिमालय आमा समूहका अध्यक्ष सोनिया बि.क.ले समेत योग शिविरबाट सिकेको योगाभ्यासलाई दैनिक जिवनमा लागू गर्दै जाने बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय