LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं। १ र २ जोड्ने चक्रपथको उहाँले अनुगमन गर्नु भएको हो । अनुगमनमा नगरप्रमुख र वडा नं। १ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्री लगाएतको टोलिले अनुगमन गर्नु भएको हो ।

सैनामैनामा देशकै लामो ५७ किलोमिटर चक्रपथ निर्माण हुँदैछ । छ वर्ष अघि ५७ करोड रुपियाँको बजेटमा सुरु भएको सैनामैना नगरपालिकाको चक्रपथ पुरा हुने क्रममा छ । वि।सं २०७८ असोज ३० सम्म सक्नेगरी सम्झौता भएको थियो ।
चक्रपथ निर्माण गर्न अब करिव १० प्रतिशत काम पूरा हुन बाँकी छ । चक्रपथको सङ्घीय सरकारको नेतृत्वमा ३९ किलोमिटर कालोपत्रे गर्न सुरु भएको थियो ।

उक्त चक्रपथको काम बुटवल सडक डिभिजन कार्यालयले जिम्मा लिएर शर्मा एण्ड रमन जेभी कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । बुटवल सडक डिभिजन, कार्यालयले ३९ करोडमा १३ किलोमिटर कालोपत्रे गरेपछि सो कामको जिम्मा प्रदेश सरकारलाई दिएको थियो । प्रदेश सरकारले २९ करोडमा २० किलोमिटरको काम भएको थियो ।

सैनामैना १ र २ जोड्ने चक्रपथको काम २ किलोमिटरको काम सूरु भएको छ । वडा नम्बर १० सालझन्डीमा थपिएको १४ किलोमिटर डिपिआर सुरु भएकाले बाँकी १० प्रतिशतको काम चाँडै सम्पन्न हुने नगरपालिकाका प्रमुख फडेन्द्र शर्माले बताउनुभयो ।

सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच पालिकाहरूको सहरी क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाभित्र विकासका परियोजना लागु गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सैनामैना चक्रपथ अन्तर्गत बनाउन बाँकी सैनामैना–१० र ११ को करिब २१ किलोमिटर सडक र चक्रपथसँग जोडिने सहायक मार्गसमेत निर्माण हुने छन् । एसियाली विकास बैङ्क र सैनामैना नगरपालिकाबिच दुई अर्ब २० करोड रुपियाँ बराबरको परियोजनाका लागि अर्थ मन्त्रालयमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय