LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका स्थानीय विकास कोषको आयोजनामा अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा स्थानीय बिकास कोष सञ्चालक समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
आईतबार आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्थानीय बिकास कोषको कार्यक्रममार्फत स– साना उद्यमीहरु, कृषकहरु, व्यवसायीहरु स–सानो पुँजीबाट आत्मनिर्भर बन्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले आत्मनिर्भर हुने खालका कार्यक्रम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले महिला दिदी बहिनीहरुमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै हामी सचेत भयौं भने हाम्रो घर परिवार समाजमा त्यसको सकारात्मक प्रभाव पर्ने र सचेतीकरणमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

त्यस अवसरमा स्थानीय विकास कोषका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व अध्यक्ष जिबाखर चापागाई, उपाध्यक्ष चन्द्रमाया खत्री र सदस्यहरुमा परशुराम सापकोटा, अजिता पाण्डे, प्रेमप्रसाद घिमिरे, दुलबहादुर थारु र मुना बिक तथा ऋण परिचालन समिति संयोजक चन्द्रमणि घिमिरे हुनुहुन्थ्यो ।
त्यसैगरी स्थानीय विकास कोषको ऋणबाट व्यवसाय गरी आयआर्जन गर्न सफल सैनामैना १ तिनाउ सामुदायिक संस्थाकी मेनेजर मैया लम्साललाई पनि सम्मान गरिएको छ ।
स्थानीय विकास कोष प्रमुख लक्ष्मी खनालको संचालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिना बस्यालले गर्नुभएको थियो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, नगर कार्यपालिका सदस्य सुरज बराल, परशुराम सापकोटा र मैया लम्सालले पनि बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय