LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगर खेलकुद विकास समितिसैनामैना रुपन्देहीले आईतवार सैनामैनाबाट जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरि विभिन्न पदक प्राप्त गर्ने २९ जना खेलाडीहरुलाई सम्मान तथा बिदाई गरेको छ ।
सम्मानित हुने खेलाडीहरुमा विगतमा विभिन्न जिल्ला, प्रदेश तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक जित्न सफल खेलाडी छन ।
यसैगरी शारीरिक सुगठन प्रतियोगितामा भाग लिन माल्दिभ्स जान लागेका सैनामैनाका कृष्ण श्रेष्ठलाई सफलताको शुभकामनासहित विदाई गरिएको छ ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठले सैनामैना नगरपालिकामा बसोबास गरेका सैनामैनाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलेर सैनामैना र देशकै पहिचान बनाएका सैनामैनाका खेल नक्षत्रहरुलाई सम्मान गरिएको बताउनु भयो ।

खेलाडी सम्मान तथा बिदाई कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, खेलकुद विकास समितिका सदस्य नेत्रलाल पुरी तथा माल्दिभ्समा हुने साउन एसियन शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन जाने तयारीमा रहेका शारीरिक सुगठनका खेलाडी कृष्ण श्रेष्ठ लगायतले बोल्दै सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान गरेर खेलाडीहरुमा हौसला बढाउने, प्रोत्साहन प्रदान गर्ने काम गरेको बताउनु भयो । कार्यक्रमको सञ्चालन डि आर गैह्रे ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय