LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगर खेलकुद विकास समितिसैनामैना रुपन्देहीले आईतवार सैनामैनाबाट जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरि विभिन्न पदक प्राप्त गर्ने २९ जना खेलाडीहरुलाई सम्मान तथा बिदाई गरेको छ ।
सम्मानित हुने खेलाडीहरुमा विगतमा विभिन्न जिल्ला, प्रदेश तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक जित्न सफल खेलाडी छन ।
यसैगरी शारीरिक सुगठन प्रतियोगितामा भाग लिन माल्दिभ्स जान लागेका सैनामैनाका कृष्ण श्रेष्ठलाई सफलताको शुभकामनासहित विदाई गरिएको छ ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठले सैनामैना नगरपालिकामा बसोबास गरेका सैनामैनाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलेर सैनामैना र देशकै पहिचान बनाएका सैनामैनाका खेल नक्षत्रहरुलाई सम्मान गरिएको बताउनु भयो ।

खेलाडी सम्मान तथा बिदाई कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, खेलकुद विकास समितिका सदस्य नेत्रलाल पुरी तथा माल्दिभ्समा हुने साउन एसियन शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन जाने तयारीमा रहेका शारीरिक सुगठनका खेलाडी कृष्ण श्रेष्ठ लगायतले बोल्दै सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान गरेर खेलाडीहरुमा हौसला बढाउने, प्रोत्साहन प्रदान गर्ने काम गरेको बताउनु भयो । कार्यक्रमको सञ्चालन डि आर गैह्रे ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय