LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चनमा आमा समूहका महिलाहरुको उद्यमशीलता विकासका लागि धोएर पुन प्रयोग गर्ने वातावरणमैत्री सेनिटरी प्याड निर्माण सम्बन्धी १५ दिने तालिमको आज शुरुवात गरिएको छ। कञ्चन गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय कञ्चन २,रुपन्देहीको आयोजना तथा सिर्जनशील संस्था नेपाल सीन तिलोत्तमा ५, तुल्सीपुर, रुपन्देहीको प्राविधिक सहयोगमा उक्त तालिमको शुरुवात गरिएको हो।

तालिमको शुरुवात गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाको ५ वटै वडामा रहेका महिला तथा आमा समूहलाई परिणाममा आधारित तालिमको संचालन गर्ने पालिकाको बार्षिक नीति तथा कार्यक्रम अनुसार महिलाहरुलाई उद्यमशिल बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले महिला तथा आमा समूहहरुलाई भवन बनाउन दिएर निर्माण भएका ती भवनहरुमा समूहको बैठक बस्ने बाहेक अन्य उत्पादनशिल कार्यमा उपयोग नभएको तथ्यांक आएपछि ती भवनहरुको अधिक्तम उपयोग गरेर उद्यमी भवनको रुपमा बिकास गर्न  एक महिला तथा आमा समूह एक उद्यमू भन्ने भनाईलाई सार्थक बनाउन यो तालिमले सहयोग गर्ने बिश्वास ब्यक्त गनु भयो।

यस्तै कार्यक्रमको अध्यक्षता गर्दै पालिका उपाध्यक्ष मौसमी थापा मगरले पालिकाको ूएक महिला एक सिप, एक सिप एक उद्यमू नीति अनुरुप आफ्नै भवन तथा कार्यलय भएको र सिलाई बुनाई सम्बन्धी आधारभूत तथा बिशिष्टीकृत तालिम लिएकाहरुबाट छनौट गरी कञ्चनका ५ आमा समूहका १५ जना महिलाहरुलाई तालिम उपलब्ध गराइएको बताउनु भयो। अव एउटै महिला सबै तालिम र कार्यक्रममा सहभागी हुने तर उक्त कार्यक्रम तथा तालिमलाई उपलब्धीमुलक नबनाउने महिलाहरुलाई यस तालिममा सहभागिता नगराईएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।

तालिम संचालन गर्नु भन्दा पहिला खुल्ला आवेदन गरिएको उक्त आवेदनको आधारमा ूतालिम पश्चात समूह र तालिम लिएका प्रशिक्षार्थीहरुलाई उद्यमशिल बनाउने छौंू भन्ने प्रतिवद्धताको आधारमा ५ वटा महिला तथा आमा समूहका महिलाहरुलाई धोएर पुन प्रयोग गर्ने वातावरणमैत्री सेनिटरी प्याड निर्माण सम्बन्धी १५ दिने तालिममा सहभागिता गराइएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।

यसैगरी कार्यक्रमको उद्धेश्य र औचित्यताबारे जानकारी दिदै सिर्जनशील संस्था नेपाल ९सीन०का कार्यकारी निर्देशक प्रतिमा शर्माले महिलाहरुलाई उद्यमशिल बनाउनुका साथै उद्यमी महिलाहरुबाट उत्पादित सामग्रीहरुको बजारीकण कसरी गर्ने भन्नेबारे पनि तालिममा प्रशिक्षण दिइएने बताउनु भयो।

 


कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई स्वागत गर्दै कार्यपालिका सदस्य कुमारी घर्ति मगरले अव महिलाहरुले हात बाँधेर होइन हात खोलेर सिप सिक्ने अनि सिकेको सिपलाई उद्यमशिलतामा परिणत गरी आत्मनिर्भर र स्वरोजगार बन्नु पर्नेमा जोड दिनु भयो। सिकेको सिपलाई जति गरेनी हुन्नू भनेर होइन कि ूमैले नगरे कसले गर्नेू भन्ने कुरालाई आत्मसात गरेर सिपलाई उद्यमशिलतामा र उद्यमशिलतालाई आर्थिक उपार्जनमा कार्यान्वयन नगरे महिलाहरु सदैव पछाडी परिरहने कार्यपिालिका सदस्य घर्ति मगरले बताउनु भयो ।
तालिमको उद्घाटन सत्रको संचालन सहायक महिला विकास निरीक्षक राधा भट्टराईले गर्नु भएको थियो भने तालिम कञ्चन ४ को दियो सभाहलमा १५ दिनसम्म संचालन हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय