LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेस सैनामैना वडा नं। १० र ११ वडा समितिले विगत ६ बर्षदेखि अज्ञात रोगको शिकार भएकी बर्षा आचार्यको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले २५ हजार ३ सय २० रुपैयाँ नगद सहयोग गरेको छ ।

सैनामैना ११ बनकट्टी निवासी १० बर्षीया बर्षाको रोग नेपाल र भारतका ठूला डाक्टरले समेत पत्ता लगाउन सकेका छैनन । उनी अज्ञात रोगबाट पीडित बनेपछि परिबारले उनको उपचारमा भएको सवै पैसा सकिएको र उपचारमा समस्या परेको गुनासो गरेका थिए ।

बर्षाको उपचारमा भैरहेको समस्याका बिषयमा साझा टेलिभिजनले पहिलोपटक समाचार प्रशारण गरेपछि सहयोग संकलन हुने क्रम जारी छ । त्यसैक्रममा मंगलवार नेपाली कांग्रेस सैनामैना १० र ११ वडा समितिले सहयोग रकम उनको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस ले धनपति कोइरालाको नातिनी बर्षा बिगत तिन बर्षदेखि विरामी भएको सञ्चार माध्यमबाट जानकारी पाएको र उपचारमा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग संकलन गरेर बर्षाका हजुरबुबालाई रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले कांग्रेसका साथी भाईहरुले संकलन गरेको पैसाले कसैको जिवनमा सहयोग पुग्छ भने किन नगर्ने भन्ने उद्देश्यले सहयोग संकलन गरेको बताउनु भयो ।

सहयोग रकम ग्रहण गर्दै बर्षाका हजुरबुबा धनपति कोइरालाले नेपाल र भारतका ठूला अस्पतालमा पुगेर उपचार गराउँदापनि बर्षाको रोग पत्ता लाग्न नसकेको बताउँदै यो सहयोग रकमले उपचारमा धेरै ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यसैगरि सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।


चिकित्सकहरुले समेत उनको रोग पत्ता लगाउन नसक्दा बर्षाको घर परिवार तनावमा परेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर छ । अहिलेसम्म उपचारमै सवै पैसा सकिएपछि बर्षाको परिवारले छोरीलाई बचाउन सवैसंग आर्थिक सहयोगको अपील गरेको छ । आमा रमाकुमारी जैसीको साईन रेसुंगा डेभलपमेण्ट बैंक सालझण्डी रुपन्देहीमा रहेको खाता नं। ०७२००७००३७८३८७०००००१ मा पैसा पठाएर सहयोग गरिदिन परिवारजनको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय