LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाली कांग्रेस सैनामैना वडा नं। १० र ११ वडा समितिले विगत ६ बर्षदेखि अज्ञात रोगको शिकार भएकी बर्षा आचार्यको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले २५ हजार ३ सय २० रुपैयाँ नगद सहयोग गरेको छ ।

सैनामैना ११ बनकट्टी निवासी १० बर्षीया बर्षाको रोग नेपाल र भारतका ठूला डाक्टरले समेत पत्ता लगाउन सकेका छैनन । उनी अज्ञात रोगबाट पीडित बनेपछि परिबारले उनको उपचारमा भएको सवै पैसा सकिएको र उपचारमा समस्या परेको गुनासो गरेका थिए ।

बर्षाको उपचारमा भैरहेको समस्याका बिषयमा साझा टेलिभिजनले पहिलोपटक समाचार प्रशारण गरेपछि सहयोग संकलन हुने क्रम जारी छ । त्यसैक्रममा मंगलवार नेपाली कांग्रेस सैनामैना १० र ११ वडा समितिले सहयोग रकम उनको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस ले धनपति कोइरालाको नातिनी बर्षा बिगत तिन बर्षदेखि विरामी भएको सञ्चार माध्यमबाट जानकारी पाएको र उपचारमा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग संकलन गरेर बर्षाका हजुरबुबालाई रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले कांग्रेसका साथी भाईहरुले संकलन गरेको पैसाले कसैको जिवनमा सहयोग पुग्छ भने किन नगर्ने भन्ने उद्देश्यले सहयोग संकलन गरेको बताउनु भयो ।

सहयोग रकम ग्रहण गर्दै बर्षाका हजुरबुबा धनपति कोइरालाले नेपाल र भारतका ठूला अस्पतालमा पुगेर उपचार गराउँदापनि बर्षाको रोग पत्ता लाग्न नसकेको बताउँदै यो सहयोग रकमले उपचारमा धेरै ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यसैगरि सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।


चिकित्सकहरुले समेत उनको रोग पत्ता लगाउन नसक्दा बर्षाको घर परिवार तनावमा परेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर छ । अहिलेसम्म उपचारमै सवै पैसा सकिएपछि बर्षाको परिवारले छोरीलाई बचाउन सवैसंग आर्थिक सहयोगको अपील गरेको छ । आमा रमाकुमारी जैसीको साईन रेसुंगा डेभलपमेण्ट बैंक सालझण्डी रुपन्देहीमा रहेको खाता नं। ०७२००७००३७८३८७०००००१ मा पैसा पठाएर सहयोग गरिदिन परिवारजनको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय