LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैनाको ब्यस्त बजार मुर्गिया बजार क्षेत्रमा ३१ बर्ष अघि निर्माण गरिएका ब्यावसायीक सटर बुधबार भत्काइएको छ ।
साबिक पर्रोहा गाबिसका अध्यक्ष स्वर्गिय लक्ष्मण आत्रेयको पालामा २०४९ सालमा बजार बिकासको योजना सहित बनाइएका १४ वटा सटर सैनामैना नगरपालिकाले बुधबार भत्काएको हो ।

ती ब्यावसायीक सटर बुटवल–गोरुसिङ्गे सिक्स लेन सडक खण्ड अन्तर्गत ८२ फुटभित्र पर्ने तथा उक्त सटरहरु अत्यन्त जीर्ण हुनुका साथै बर्षाको समयमा पानी समेत चुहिने भएका थिए ।

सोही स्थानमा अव संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत सैनामैना पार्क निर्माण हुने भएको छ । त्यसका लागि १ एक करोड बजेट समेत बिनियोजन भई काम भैइरहेको छ ।

नजिकै रहेको दुर्गा भवानी मन्दिरको पुनर्निर्माणको काम समेत छिटै सुरु हुने भएको छ । सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीको नेतृत्वमा सैनामैना नगरपालिकाले तीन बर्ष अघि दुर्गा मन्दिर क्षेत्रलाई आधुनिक शैलपुत्री मन्दिर अर्थात शक्तिपीठ मन्दिर निर्माण गर्न डिपिआर सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय