LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन विरुद्धको दिवसको अवसरमा रुपन्देहीको सैनामैनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना दलित उत्थान समितिको आयोजनामा सैनामैना ६ स्थित भगत सर्वजित प्रतिष्ठानमा उक्त कार्यक्रम भएको हो ।

त्यस अवसरमा ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले समाजमा रहेको उत्पीडन, दासता, भेदभावलाई अन्त्य गर्नका लागि जुन अभियान चालेका छौं, त्यो अभियान दलित जातिको मात्र नभै सवैको अभियान हो भन्ने बुझुनुपर्ने बताउनु भयो । उहाँले हामी सवै लाग्यौं भने उत्पीडित, दलित र भेदभावरहित समाज अन्त्य गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिएको बताउँदै व्यवहारमा लागू गर्नेतर्फ सवैको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका दलित उत्थान समिति सैनामैनाका अध्यक्ष जयलाल बिश्वकर्माले अझैपनि समाजमा जातीय विभेद भैरहेको बताउँदै विभेद अन्त्यका लागि राजनैतिक दलका नेताहरुले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले राजनैतिक दल र नेताहरुबाट धेरै अपेक्षा गरेको बताउनुभयो । उहाँले संविधानमा नेपाललाई जातीय छुवाछुतमुक्त घोषणा गर्न दलित समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति रणबहादुर खनाल, नेकपा माओवादी केन्द्र सैनामैनाका इञ्चार्ज नारायण महत, सैनामैना नगरपालिका वडा नं. ४ का वडा सभापति रामप्रसाद अधिकारी, सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य सुरज बराल,सैनामैमा दलित उत्थान समितिका संरक्षक रामनाथ हरिजन लगायतले बोल्दै छुवाछुत अन्त्य गरि सबैलाइ समान ब्यबहार गर्नुपर्नेमा जोड दिएका थिए ।
दलित उत्थान समिति सैनामैनाकी महासचिव माया रसाइलीले संचालन गर्नुभएको कार्यक्रममा सुभकामना मन्त्बब्य उपाध्यक्ष समुन्द्र भित्राकोटीले ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय