LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

विश्व वातावरण दिवस तथा २५ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी स्थित वडा कार्यालयमा बुधवार विहान सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकालले विश्व वातावरण दिवसको अवसरमा हामी सवैले स्वच्छ र सफा वातावरण कसरी बनाउन सकिन्छ भन्ने बिषयमा प्रण गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले आज विश्वभरी कार्बन उत्सर्जनले समस्या बढाईरहेको बेला अक्सिजन बढाउने हरिया बोटविरुवा संरक्षणमा ध्यान दिनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

सहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रमको सह आयोजकमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैना रहेको थियो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैनाका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघका रुपन्देही अध्यक्ष ध्रुब धितालले गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शालिकराम भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दिनानाथ आचार्य, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघकी केन्द्रिय सदस्य सावित्रा रेग्मी, खानेपानी कार्यालयका डिभिजन प्रमुख राजकुमार चौधरीले शुभकामना ब्यक्त गर्नुभएको थियो भने धन्यबाद ज्ञापन सैनामैना नगरपालिका १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय