LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलबस्तुको बाणगंगा नगरपालिका १ कोठीमा रहेको गौशालामा सैनामैना नगरपालिका वार्ड नम्बर ११ दुर्गा टोल भचनाका युवाहरुले पशुआहार सहयोग गरेका छन ।

युवाहरुले १ ट्राली मकैको डाँठ, ३५ केजी नुन र भेली सहयोग गरेका छन । दुर्गा टोल बिकास संस्थाका अध्यक्ष धर्मराज घिमिरेले गौशालामा छाडा गाई गोरु संरक्षणमा बाणगंगा नगरपालिकाले तारिफयोग्य काम गरेको र गौशालालाई अझै सही तबरले ब्यवस्थापन गर्न पहल गर्नुपर्ने कुरा बताउनुभयो ।

रुपन्देही र कपिलबस्तुका किसानहरुले लगाएको बाली छाडा पशुहरुले नोक्सान गरिरहेको बेला बांणगंगा नगरपालिकाले गौशाला स्थापना गरेर गाई गोरु ब्यवस्थापन गरेकोमा किसानहरुले खुसी ब्यक्त गरेका छन । युवा अभियन्ता प्रदिप कोइरालाले गौशालामा आवश्यक सक्दो सहयोग गर्न सवैसंग आग्रह गर्दै आगामी दिनमा पनि गौशालालाई सहयोग गर्ने जानकारी दिनुभयो ।

धर्मराज घिमिरे, प्रदिप कोइराला, धनराज भुसाल, हेमन्त घिमिरे, युवराज न्यौपाने, बिबेक पान्डे, मणिराम घिमिरे, छमबहादुर चन्द, कृष्ण भुसाल, काशिराम पान्डे, लक्ष्मी घिमिरे, गिता ज्ञवाली, खुमानन्द पोखरेल, बिष्णु पान्डे र भिम चौधरी लगायतका युवा अभियन्ताहरुको उपस्थितिमा पशु आहार बितरण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय