LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलबस्तुको बाणगंगा नगरपालिका १ कोठीमा रहेको गौशालामा सैनामैना नगरपालिका वार्ड नम्बर ११ दुर्गा टोल भचनाका युवाहरुले पशुआहार सहयोग गरेका छन ।

युवाहरुले १ ट्राली मकैको डाँठ, ३५ केजी नुन र भेली सहयोग गरेका छन । दुर्गा टोल बिकास संस्थाका अध्यक्ष धर्मराज घिमिरेले गौशालामा छाडा गाई गोरु संरक्षणमा बाणगंगा नगरपालिकाले तारिफयोग्य काम गरेको र गौशालालाई अझै सही तबरले ब्यवस्थापन गर्न पहल गर्नुपर्ने कुरा बताउनुभयो ।

रुपन्देही र कपिलबस्तुका किसानहरुले लगाएको बाली छाडा पशुहरुले नोक्सान गरिरहेको बेला बांणगंगा नगरपालिकाले गौशाला स्थापना गरेर गाई गोरु ब्यवस्थापन गरेकोमा किसानहरुले खुसी ब्यक्त गरेका छन । युवा अभियन्ता प्रदिप कोइरालाले गौशालामा आवश्यक सक्दो सहयोग गर्न सवैसंग आग्रह गर्दै आगामी दिनमा पनि गौशालालाई सहयोग गर्ने जानकारी दिनुभयो ।

धर्मराज घिमिरे, प्रदिप कोइराला, धनराज भुसाल, हेमन्त घिमिरे, युवराज न्यौपाने, बिबेक पान्डे, मणिराम घिमिरे, छमबहादुर चन्द, कृष्ण भुसाल, काशिराम पान्डे, लक्ष्मी घिमिरे, गिता ज्ञवाली, खुमानन्द पोखरेल, बिष्णु पान्डे र भिम चौधरी लगायतका युवा अभियन्ताहरुको उपस्थितिमा पशु आहार बितरण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय