LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ५२ औं विश्व वातावरण दिवस तथा २५ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरि साताब्यापी कार्यक्रम गरि मनाएको छ ।

संस्थाले सोही अवसरमा आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विधालय सरस्वती माध्यमिक विद्यालय देउवापारमा दुईहजार लिटर क्षमताको खानेपानी ट्यांकी तथा सरसफाई सामग्री वितरण गरेको छ । त्यसैगरी संस्थाले सोही अवसरमा विभिन्न प्रजातिका विरुवा समेत वृक्षारोपण गरेको छ ।


संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको भन्ने नाराका साथ मनाइएको विश्व बाताबरण दिवस तथा २५ औ सरसफाई सप्ताहको अवसरमा संस्थाले रास्ट्रिय माध्यमिक विद्यालय आमीमा सरसफाई सामग्री समेत प्रदान गरेको छ ।

त्यसैगरी विद्यालयको हातामा वृक्षारोपण गरिएको थियो भने जनचेतना माध्यमिक विद्यालयमा समेत संस्थाले सरसफाई सामाग्री वितरण गर्नुका साथै बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष मुक्तबहादुर थापाले बताउनु भयो ।

कार्यक्रममा खानेपानी संस्थाका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय