LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ५२ औं विश्व वातावरण दिवस तथा २५ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरि साताब्यापी कार्यक्रम गरि मनाएको छ ।

संस्थाले सोही अवसरमा आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विधालय सरस्वती माध्यमिक विद्यालय देउवापारमा दुईहजार लिटर क्षमताको खानेपानी ट्यांकी तथा सरसफाई सामग्री वितरण गरेको छ । त्यसैगरी संस्थाले सोही अवसरमा विभिन्न प्रजातिका विरुवा समेत वृक्षारोपण गरेको छ ।


संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको भन्ने नाराका साथ मनाइएको विश्व बाताबरण दिवस तथा २५ औ सरसफाई सप्ताहको अवसरमा संस्थाले रास्ट्रिय माध्यमिक विद्यालय आमीमा सरसफाई सामग्री समेत प्रदान गरेको छ ।

त्यसैगरी विद्यालयको हातामा वृक्षारोपण गरिएको थियो भने जनचेतना माध्यमिक विद्यालयमा समेत संस्थाले सरसफाई सामाग्री वितरण गर्नुका साथै बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष मुक्तबहादुर थापाले बताउनु भयो ।

कार्यक्रममा खानेपानी संस्थाका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय