LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सुरेन्द्र परियार

दुबई, २८ जेठ । दुबईमा कृयाशील सनातन गौ संरक्षण अभियान संस्थाले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । अधिबेशनले सागर दाहालको नेतृत्वमा ४० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा लक्ष्मी शर्मा, महिला उपाध्यक्षमा माया बस्याल, उपाध्यक्षमा देबी पाण्डे, थानेश्वर अधिकारी, महासचिवमा राजन भण्डारी (राहुल), सचिवमा सुनिता शर्मा, सहसचिबमा बिनीता दर्जी र निर्मला कार्की, कोषाध्यक्षमा ज्योतिष गणेश गैरे, सह– कोषाध्यक्षमा जमुना काफले र स्वेता नेपाल चयन हुनुभएको छ ।

संस्थाको प्रबक्तामा महेश्वर घिमिरे र महिला विभाग प्रमुखमा संगीता अधिकारी चयन हुनुभयो । संस्थाकी अध्यक्ष रमा न्यौपाने पन्थको अध्यक्षता तथा नेपाली समाज यूएईका पार्षद अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि मोक्तानले सनातन गौ संरक्षण अभियान यूएईले यूएई दुबईमा रहेर हिन्दु धर्मको संरक्षण गर्दै गुरुकुल र गौशालाहरुमा सहयोग गर्दै आएको बताउँदै दुबईमा रहेका नेपालीहरुलाई परेको समस्यामा समेत समन्वय गर्दै अगाडि बढेको भन्दै प्रशंसा गर्नुभयो ।
संस्थाकी अध्यक्ष रमा न्यौपाने पन्थले परदेशमा रहेर हिन्दु धर्मको जगेर्ना गर्दै सबै हिन्दुहरू एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संस्थाले छोटो समयमा धेरै कामहरू गरेको बताउदै संस्थागत हितका लागि सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेवी तोयनाथ लम्साल, रमेश न्यौपाने, भूमिराज कंडेल लगायतले बोल्दै अरु कसैको प्रलोभनमा परेर धर्म परिवर्तन गर्नु गलत भएको तर्क गर्दै हिन्दु धर्म र यसको रक्षाबारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा संस्थाको प्रगति विवरण सुनिता शर्मा र आर्थिक विवरण गणेश गैरेले प्रस्तुत गर्नुभएको थियो । बरदुबईस्थित पिंकी रेस्टुरेन्टमा भएको कार्यक्रममा यूएई दुबईमा कृयाशील विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागीता थियो । सोही अवसरमा कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो । सो कार्यक्रम सागर दाहालको संचालनमा भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय