LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकामा महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरणमैत्री सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ। १५ दिनसम्म संचालन भएको उक्त तालिममा सिलाई कटाई सम्बन्धी आधारभूत तालिम लिई ब्यबसाय गर्दै आइरहेका कञ्चनका १५ जना महिलाहरुलाई उक्त तालिम दिइएको थियो।

तालिमको समापन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले समुन्न कञ्चन, खुशी कञ्चनवासी भन्ने पालिकाको परिकल्पनालाई सार्थक बनाउन पालिकाले चालु आ.व.को बार्षिक नीति कार्यक्रम तथा बजेटमा एक महिला समूह एक उद्यम भन्ने नीति अख्तियार गरेको बताउनु भयो।

कञ्चन गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक प्रवक्ता चित्रलाल तुलाचनले जवसम्म आमाहरु शैक्षिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सबल र सक्षम हुदैनन तवसम्म त्यो घरको अन्य सदस्यहरु समेत पछाडी पर्ने बताउनु भयो।

सिर्जनशील नेपालकी कार्यकारी निर्देशक प्रतिमा शर्माले धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री सेनेटरी प्याडको बजारमा निकै धेरै माग भएको र त्यसको आपुर्तिको केही अंश कञ्चनमा तालिम लिएर दक्ष भएका महिलाहरुबाट पुर्ति हुनेमा बिश्वास ब्यक्त गर्नुभयो।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट लालमाया पुन बुढा मगरले केही गरेर आत्मनिर्भर हुनका लागि उद्यम गर्न चाहने तर आर्थिक कारणले सिप सिक्न नपाएका र सिलाई मेसिन समेत ब्यबस्थापन गर्न नसक्ने महिलाहरुलाई निःशुल्क रुपमा उपलब्ध गराएको १५ दिनको तालिमले उत्साह बढेको अनुभव बताउनु भयो।

कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले औपचारिकता पूरा गर्न तालिमका लागि तालिम संचालन गरेको नभई उपलब्धीमा आधारित धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री सेनेटरी प्याड बनाउने तालिमलाई पालिकाले बिशेष प्राथमिकताका साथ संचालन गरिएको बताउनु भयो।

कञ्चन गाउँपालिकाको आयोजना तथा सिर्जनशील नेपालको प्राविधिक सहयोगमा संचालन गरिएको तालिमको समापन कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट सविना पोख्रेलले समेत तालिम अवधीको समिक्षात्मक मुल्यांकन, सवल पक्ष र सम्भाव्यता क्षेत्रबारे धारणा राख्नु भएको थियो।

कञ्चन गाउँपालिकाका सहायक महिला बिकास निरीक्षक राधा भट्टराईको संचालनमा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुद्वारा तयार गरिएको सामानहरु मायाको चिनोको रुपमा प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय