LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चनमा नाक, कान तथा घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ। कञ्चन सूचना तथा सञ्चार केन्द्रको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं। ४ को आर्थिक सहयोग र पुर्तिघाट टोल बिकास संस्थाको समन्वय तथा सहकार्यमा संचालन गरिएको उक्त शिविरमा नाक, कान तथा घाँटी रोग सम्बन्धी समस्या भएका ८६ जना जनाले सेवा लिएका थिए।
स्वास्थ्य शिविरको शुभारम्भ गर्दै कञ्चन गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले हाम्रो लागि केही गर्ला वा गरोस भनेर पठाएका हामी जनप्रतिनीधिहरुले जनताले प्रत्यक्ष अनुभुत गर्ने खालको जनमुखी कार्यक्रम संचालन गर्नु हाम्र्रो कर्तब्य जिम्मेवारी भएको उल्लेख गर्नु भयो। भौतिक बिकासमात्र लगानी गर्दा झट्ट हेर्दा बिकास भएको जस्तो देखिएपनि जनताको स्वास्थ्यबारे ध्यान दिन नसक्दा भौतिक बिकास पनि ओझेल पर्ने कुरालाई ध्यान दिएर नाक, कान तथा घाँटी रोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको वडा अध्यक्ष खत्रीले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले मानसिको सबैभन्दा ठूलो सम्पत्ती भनेको स्वास्थ्य नै भएकोले वडाले स्वास्थ्य क्षेत्रमा लगानी गरिएको उल्लेख गर्नु भयो।
यसैगरी वडा सचिव चक्रपाणी पौडेलले वडावासीको स्वास्थ्यप्रति नजिकको सरकारको रुपमा रहेको स्थानीय तहले चासो लिएर काम गर्दा उपलब्धीमुलक र जनमुखी हुने कुरालाई दृष्टिगत गरी नाक, कान तथा घाँटी रोग सम्बन्धीको रोग परिक्षण गर्न बिशेषज्ञलाई नै गाउँमा ल्याएर सेवा प्रदान गरिएको बताउनु भयो। प्राय अन्य रोगहरुको शिविर संचालन भइरहेको भएपनि साझा समस्याको रुपमा रहेको नाक, कान तथा घाँटी रोग सम्बन्धी शिविर संचालन नभएको सन्दर्भमा निश्चित रोगको परिक्षण तथा निदानका लागि शिविर संचालन गरिएको वडा सचिव पौडेलले बताउनु भयो।
यस्तै कार्यपालिका सदस्य सुशिला थापाले कार्यक्रममा स्वागत गर्दै आर्थिक र शारिरीक रुपमा कमजोर भएका असाहय तथा बृद्ध बृद्धाहरुको सुविधाको लागि गाउँमै बिशेषज्ञ ल्याएर रोगको परिक्षण गर्न शिविर सञ्चालन गरिएको बताउनु भयो।
तिनाउ अस्पतालको नाक, कान तथा घाँटी रोगका बिशेषज्ञ डा। मधुसुदन श्रेष्ठले स्वास्थ्य परिक्षण गर्नु भएको शिविरमा रुद्रपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुद्वारा प्राविधिक सहयोग भएको थियो । पुर्तिघाट टोल बिकास संस्थाका उपाध्यक्ष शिब बहादुर रानाको अध्यक्षता तथा कञ्चन सूचना तथा सञ्चार केन्द्रका जगी लाल थापाले कार्यक्रमको सहजिकरण गर्नु भएकोे थियो।
उत्पिडित महिला संघ, कञ्चन ४, वगिया बजारको सभाहलमा भएको कार्यक्रममा पुर्तिघाट टोल बिकास संस्थाका उपाध्यक्ष रानाले स्वास्थ्य शिविर भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने कञ्चन गाउँपालिका वडा नं। ४को कार्यालय, स्वास्थ्यकर्मी, बिशेषज्ञ तथा वडावासीहरुमा बिशेष धन्यवाद दिनु भएको थियो। धौलागिरी मेडिकल हल, कञ्चन ३ धौलागिरीचोकको प्राविधिक सहकार्यमा कार्यक्रम समपन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय