LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७स्४५ मा भने रोकिए पनि सवा आठ बजेदेखि फेरि वर्षा भएको थियो।

मैदानको आउटफिल्डमा पानी जमेको थियो। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो।

यससँगै नेपाल र श्रीलंकाले एक(एक अंक पाएका छन्। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको संघारमा पुगेको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर ८ मा पुग्नेछ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको छ।केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका थिए।

श्रीलंकाविरूद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेलको पनि मौसमकै चिन्ता थियो।

गर्मी बढिरहेको फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ। दुई दिनअघि पनि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी निकै जमेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय